नेपाल सरकारले थप ८ देशहरूसँग श्रम सम्झौता गर्दै

नेपाल सरकारले थप ८ देशहरूसँग श्रम सम्झौता गर्दै

४ पौष, काठमाडौँ । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ८ देशहरूसँग श्रम सम्झौताको तयारी गरेको हो । सरकारले हालसम्म विभिन्न १२ देशसँग श्रम सम्झौता गरेको छ । सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी भइरहेको श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिए ।
नेपालले सन् २०२४ मा कुबेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, माल्टा, टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारेर सम्बन्धित देशलाई पठाएको छ । ति देशहरूबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रकृया अघि बढ्नेछ । सरकारले यूरोपका विभिन्न मुलुकहरूसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ । सरकारले हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । अब थप देशहरूसँग पनि यहि वर्ष सम्झौता गर्ने गरी कार्य भइरहेको सह-सचिव पोखरेलले बताए ।
नेपालले हाल कतार, यूएई, कोरिया, बहराइन, जोर्डन, इजरायल मलेसिया लगायतका १२ देशसँग श्रम सम्झौता गरिसकेको छ । पछिल्लो समय नेपालीहरूको आकर्षण यूरोपतिर देखिएको छ । ति देशहरूसँग श्रम सम्झौता नहुँदा नेपालीहरू व्यक्तिगत श्रम स्वीकृति लिएर महंगो शुल्क तिरेर जाने गरेका छन् । श्रम सम्झौता गरेपछि ति देशहरूमा संस्थागत रूपमा श्रमिक पठाउने बाटो खुल्ने सह-सचिव पोखरेलले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270