नेपाल एपिएफ स्कुल र नेपाल पुलिस स्कुल सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफीको फाइनलमा

नेपाल एपिएफ स्कुल र नेपाल पुलिस स्कुल सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफीको फाइनलमा


५ फागुन, काठमाडौं । आयोजक नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

शनिबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर क टिमले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

नेपाल एपीएफ स्कुलको तर्फबाट विकास बोहोराले २ तथा तेन्जिङ्ग शेर्पा र रोहित गोलेले समान १–१ गोल गरे । विकास बोहोरा म्यान अफ दि म्याच चुनिए ।

शनिबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल, साँगाले सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गर्याे । खेलमा दिप्सन परियार उत्कृष्ठ खेलाडी चुनिए ।

प्रतियोगिताको फाइनल खेल सोमबार मध्यान्ह १२ बजे हुने तालिका रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले ५० हजार नगद पुरस्कार पाउनेछ ।

प्रतियोगितामा काठमााडौं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर