लघुवित्तमा महिलाको सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा प्रभाव पार्छंः अर्थामन्त्री महत

लघुवित्तमा महिलाको सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा प्रभाव पार्छंः अर्थामन्त्री महत


५ फागुन, काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । आज चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरू लघुवित्तमा सहभागी रहेको उल्लेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए ।

अहिले केहि प्रवृत्तिहरूले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनको भनाइ छ । उनले भने, ‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरू लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ । ’

गरिब र विपन्नलाई ध्यानमा राखेर आम जनताका मुद्दाहरू टुङ्ग्याइनुपर्ने उनको भनाइ छ । अर्बाैँ कर्जा प्रवाह गर्ने सरकारको सामथ्र्य नरहेको उल्लेख गर्दै अर्थमन्त्री महतले बेलैमा सबैले सचेत भएर दायित्व पुरा गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर