प्रधानमन्त्रीलाई नयाँ प्रश्न गर्दा, पद्धति ख्याल गर्न सुझाव

८ फागुन, काठमाडौं । सरकार सडकमा प्रश्नै–प्रश्नले घेरिएको छ, सरकारसँग नागरिकका अनगिन्ती प्रश्न छन् । तर, नागरिक र सडकका प्रश्न सदनसम्म र्पुयाउँदै प्रधानमन्त्रीसँग जवाफ माग्न सांसदहरू चुकेको देखियो, प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्त्तर हेर्दा । तिनै सांसद सडकमा मुलुक बेथिति–भ्रष्टाचार, शासकीय अराजकता, प्रकरणहरूका ‘कुरा’ गर्छन्, जवाफ माग्ने थलोमा ‘बस्तुपरक’ प्रश्न गर्न असमर्थ देखिन्छन् । अनि सोधिएका प्रश्नहरू आत्मपरक शैलीका देखिन्छन् । तिनका प्रश्नको सार केलाउने हो भने सांसदहरूमाथि नै प्रश्न..

विराटनगरका क्षेत्रीको मृत्युमा कैफियत आशंका, ‘सिडिआर’बाट अनुसन्धान प्रारम्भ गर्दै प्रहरी

८ फागुन, विराटनगर । विराटनगर–३ का युवा रोशन क्षेत्रीको मृत्युमा कैफियत आशंका गर्दै मोरङ प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गर्ने भएको छ । स्थानीय जनप्रतिनिधि समेतको अनुरोधमा प्रहरीले मृत्युको कारण जानकारी लिन ‘कल डिटेल रेकर्ड’ बाट अनुसन्धान प्रारम्भ गर्ने भएको हो । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले प्राविधिक अनुसन्धानका लागि अदालतबाट अनुमति लिने काम अगाडी बढाइएको जानकारी दिएका छन् । अदालतको स्वीकृति बिना नेपाल टेलिकमले व्यक्तिको कल डिटेल नदिने भएका..

इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

८ फागुन, इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् । इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेकी उनले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताएकी हुन् । पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्,’ उपसभामुख रानाले भनिन्, ‘मैले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारणपनि पत्रकारहरूसँग नजिक छु ।’ उनले पत्रकारहरू नागरिक अधिकारका पैरवी गर्ने..

देउवालाई ओलीको प्रश्नः कांग्रेस एक्लै उभिन सक्छ ?

८ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्ने बताए । कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे चर्काे मतभेद भइरहेको बेलामा ओलीले एक्लै उभिन नसक्ने भन्दै कटाक्ष गरे । उनले भने, ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बुढो भयो । त्यति..

‘लघुवित्तको विकल्प छैन, बचाउन सबै लाग्नुपर्छ’ सांसद भगबती चौधरी

८ फागुन, काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र उद्यमशिलतालाई अंगिकार गर्ने लघुवित्तको विकल्प नभएको जिकीर गर्दै सांसद चौधरीले लघुवित्त क्षेत्रमा भित्रिएका विक्रितिको अन्त्य गर्दै जानुपर्नेमा जोड दिएकी हुन् । आइतबार चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको समापन समारोहमा बोल्दै लघुवित्तकर्मी समेत रहेकी चौधरीले अझैपनि ६०..

एमाले केन्द्रीय समिति बैठक आजदेखि

८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक आजदेखि काठमाडौंमा बस्दैछ। बैठकका लागि गत २७ माघमा बसेको बैठकले एजेण्डा तय गरेको थियो। विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा राष्ट्रिय हित र जनसरोकारका विषय, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने नेताहरूले जनाएका छन्। बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुँदैछ भने मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय..

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल आजः एपिएफ भर्सेस पुलिस

८ फागुन,कीर्तिपुर। कीर्तिपुर नगरपलिका–४ स्थित नेपाल एपीएफ स्कुलको खेल मैदानमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल खेल आज खेलाइँदैछ । ५० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिम र नेपाल पुलिस स्कुल मध्यान्ह १२ बजे प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपाल एपीएफ स्कुलको क टिमले प्रतियोगिताको सेमिफाइनल खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४–० गोल अन्तरले पराजित गरेको थियो । यसैगरी..

प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभन्ज्याङलाई

८ फागुन, इलाम । इलाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो च्याम्पियन मानेभन्ज्याङ फुटबल क्लब बनेको छ । इलामको सदरमुकाम स्थित ठूलो टुडिखेलमा आयोजित प्रतियोगिताको सोमवार फाइनल खेल भएको थियो । फाइनलमा दार्जिलिङ भारतको मानेभञ्ज्याङ फुटबल क्लबले इलामको दिपेन्द्रशिखर फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै उपाधि चुमेको हो । मानेभन्ज्याङको जितमा सिम्रन गुरुङ र सुस्मिता लेप्चाले योगदान गरे । खेलको ९औं मिनेटमा नै मानेभन्ज्याङकी सिम्रन गुरुङले पहिलो..

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र: प्रधानमन्त्री प्रचण्ड

८ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्। सोमबार प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए। सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए। उनले भने,‘परम्परागत..

गोपी पार्कीले टिसिएस लण्डन म्याराथनमा सहभागी जनाउने

फागुन ७, काठमाडौँ । बैशाख ९ गतेदेखि हुने टिसिएस लण्डन म्याराथनमा धारा नेपालगन्ज म्याराथनका विजेता गोपी पार्कीले सहभागी जनाउने भएको छन्। विभागीय टोली एपीएफ क्लबका पार्कीले २०८० मंसिर ९ गते सम्पन्न नवौं संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए। उनले २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन्। सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालगन्ज म्याराथनले त्यस बारे जानकारी गराएको हो। आयोजकका अनुसार रन युकेले यस..