चलेन नामिबियाविरुद्ध नेपालको जादुः आइसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार दोस्रो हार

९ फागुन, काठमाडौँ । खराब ब्याटिङ प्रदर्शनसँगै नेपालले नामिबियाविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले परास्त भएको हो । १६९ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर जित हार पार्याे । नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए ।..

डर,धम्की दिई ५० लाख माग्ने दुई जना पक्राउ

९ फागुन, काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई रु ५० लाख रकम माग गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ बर्षीय नरहरि ढुङगाना उपनाम रमेश रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही..

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

९ फागुन, बनियानी (झापा) ।  गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले  बताउनुभयो । निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो । फागुन ५ गते आफ्ना श्रीमान् राजन विश्वकर्मा..

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल

९ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ। लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उहाँले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाउनुभयो। प्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ। यसमा कतिपय..

कांग्रेसको महासमिति बैठकमा कोसी प्रदेशका १४ जिल्ला सभापतिहरुले राखे १६ बुँदामा साझा धारणा

९ फागुन, ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोसी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राखेका छन् । सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उनीहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको सांगठनिक परिचालनलगायत विषयमा साझा धारणा प्रस्तुत गरेका हुन् । जिल्ला सभापतिहरुले नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको हकमा स्वतः महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुने व्यवस्था परिवर्तन गरी क्षेत्रीय प्रतिनिधि मात्र कायम गर्नुपर्ने, पार्टीको आन्तरिक..

सात महिनामा व्यापार घाटा आठ खर्ब ११ अर्ब, निर्यात सात प्रतिशतले घट्यो

९ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०८०र०८१ को सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०७९र०८० को सात महिनामा नेपालको व्यापार घाटा आठ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । यो अवधिमा नेपालले आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । गत वर्षको तुलनामा यस वर्ष आयात २.३१ प्रतिशतले घट्दा व्यापार..

काठमाडौंको सीतापाइलामा श्रीमती र दुई बालिकाको हत्यापछि आत्महत्या

९ फागुन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ । सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको..

विश्वकप लिग-२ : नामिबियाविरुद्ध नेपाल १६९ रनमै अलआउट

९ फागुन, काठमाडौं । ओपनर आशिफ शेखको अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा जारी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुँदै १६८ रन बनायो । नेपालका लागि ओपनर आशिफ शेखले ६४ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । ५८ रन बनाउँदै आशिफ बेर्नाड स्कोट्जेको बलमा आउट भएका..

एमाले बैठक : चार एजेण्डामा समूहगत छलफल आजदेखि

९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार विहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा..

माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु

९ फागुन, इलाम। इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन् । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल..