१२ फागुन, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग आफू सहमत नरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भने भइरहेको बताए ।
‘मलाई के लाग्छ भने यो सोसल मिडियाले मिस कम्युनिकेसनको कुरा गरेको छ । गलत सूचना संप्रेषण भइरहेको छ र समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ’, उनले भने, ‘तर, लोकतन्त्र नै खतरामा र्पायो भन्ने चाहिँ होइन । यसलाई त नियमन गर्ने पाटो छन् ।’
उनले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्ने बताए ।