दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि देशभर सुरु

दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि देशभर सुरु

१३ फागुन, काठमाडौं । आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ ।

दादुरा–रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ । तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।

रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर