समाचार
‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ भद्रपुर नगरपालिकामा धुप बनाउने तालिम सम्पन्न
१७ फागुन, झापा । झापाको भद्रपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको छ । ‘सीप सिकौं, स्वरोजगार बनौं’ भन्ने नाराका साथ नगरपालिकाको सामाजिक शाखाको आयोजनामा यहाँका विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाटेको धुप बनाउने तालिम दिइएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो । ‘थोरै लगानीमा र स्वदेशी कच्चा पदार्थबाट धुप बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘घरमा बसी–बसी बनाउन सकिने र सजिलै बिक्री गर्न सकिन्छ ।’..
बागमती प्रदेशमा बजेटको विवाद समाधान गर्न विशेष समिति गठन हुने
१७ फागुन, मकवानपुर । बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् । बिहीबार दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलका अनुसार विवाद समाधानका लागि सबै दलहरूको प्रतिनिधित्व हुने गरी आजै एउटा समिति गठन गर्ने सहमति भएको छ । समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउनुपर्नेछ ।..
अर्थतन्त्र सुधार हुँदैछ, निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने वातावरण बन्दैछ- अर्थमन्त्री महत
१७ फागुन, रुपन्देही । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधार भइरहेको बताएका छन् । देशको अर्थतन्त्र सुधारउन्मूख रहेको बताउँदै महतले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । बुधबार नवलपरासीमा औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले भने, ‘आत्मविश्वास बढाऔं अर्थतन्त्र अगाडि बढछ, अब यस्तो अवस्था रहँदैन व्याज घटेको छ विचार पुर्याएर ऋण लिने र लगानी गर्ने अवस्था आइसकेको छ, एउटाले जे गर्याे त्यही गर्ने हाम्रो प्रवृति छ, त्यसैले नयाँ..
भारतीय क्रिकेट खेलाडीहरुको तलब ११ करोड
१७ फागुन । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्। गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्। गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्याउने प्रमुख खेलाडी..
कैलालीमा साढे १८ लाख बढीको अवैध सामान बरामद
१७ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करिब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई समेत नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न इलेक्ट्रोनिक सामान..
झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकालाई
१७ फागुन, शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले चुमेको छ । विर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि चुमेको हो । खेलको पहिलो हाफमा कमल गाउँपालिकाका जर्सी नं. ९ का बाबुराम हस्ताले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा विर्तामोडका जर्सी नं. ७ का खेलाडी चुनु सोरेनले गोल गर्न सफल भए । त्यस्तै दोस्रो हाफमा कमलको बाबुरामले क्रमशः..
मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने
१७ फागुन, काठमाण्डौँ । मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन्। सरकारसँगको तीन पटकको वार्ताबाट कुनै निष्कर्षमा नपुगेपछि पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेका हुन्। यद्यपि आन्दोलनको बिच सरकारसँगको वार्तालाई भने निरन्तरता दिने उनीहरूको भनाई छ। विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूसँग सरकारले वार्ता गर्दै आएको छ । तर, वार्ता कुनै निष्कर्षमा पुग्न सकेको छैन। सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त..
एफए कपः लिभरपुल, युनाइटेड र चेल्सी क्वार्टरफाइनलमा
१७ फागुन । साउथह्याम्पटनविरुद्ध ३–० को सहज जित निकाल्दै लिभरपुलले एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । बुधबार राति एन्फिल्डमा लिभरपुललाई जित दिलाउन जयडे डान्सले दुई र लेविस कोउमासले एक गोल गरे । खेलको ४४औँ मिनेटमा कोउमासले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७३औँ र ८८औँ मिनेटमा डान्सले गोल गरेपछि लिभरपुलले ३–० को जितसहित क्वार्टरफाइनलमा स्थान निश्चित गरेको हो । लिभरपुलले अब सेमिफाइनल प्रवेशका निम्ति म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ ।..
वाफ वुमेन्स च्याम्पियनसिपः उपाधिका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै
१७ फागुन । साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा हुनेछ। पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपाल जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। जोर्डन पाँच पटकको विजेता रहेको छ । समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै..
‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
१६ फागुन, सिन्धुपाल्चोक । प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक प्रहरीले वाइबालाई बाह्रबिसेबाट पक्राउ गरेको हो । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेकी हुन् । काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी वाइबालाई काठमाडौं पठाउने तयारी सिन्धुपाल्चोक प्रहरीले गरेको छ । म्याकुरी र उनकी श्रीमतीबीचको विवादमा वाइबाले श्रीमतीलाई उचालेर कुटपिट गरेको उजुरी प्रहरीमा परेको थियो ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७