मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबीच झडप, सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार

१९ फागुन, झापा । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएको छ । झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ । नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो । सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म,..

शिवसताक्षीमा १३ औं नगरसभा सम्पन्न, उत्कृष्ट पाँच कर्मचारी सम्मानित

१९ फागुन, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाबाट नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत पारित गरेको छ । नगरसभामा नगरपालिकाले २०८०र०८१ का लागि कुल विनियोजित बजेट ८९ करोड, ७ लाख ५५ हजार मध्ये चालु खर्च तर्फ ५८ करोड, ८१ लाख, ६८ हजार खर्च भएको नगरसभामा जानकारी गराइएको..

झापा गोल्डकप आजदेखिः उद्घाटन खेलमा संकटा र एपीएफबीच प्रतिस्पर्धा हुँदै

१९ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकप आजदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीएफबीच खेल हुनेछ । गोल्डकपको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने तालिका छ । गत वर्ष भद्रपुरमा आयोजना भएको थियो । ०७८ पछि हुन लागेको झापा गोल्डको भव्य तयारी गरिएको छ । रंगशालालाई आवश्यक संरचना निर्माण देखि सौन्दर्यकरणमा पनि आयोजकले विशेष ख्याल गरेको छ । गोल्डकपको आयोजनासँगै बिर्तामोड क्षेत्रको..

इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने

१७ फागुन, सुनसरी । इटहरीमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । बुढी खोला किनार बुढीजमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको हो । शवदाह गृह निर्माणका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारले लगानी गर्नेछन् । तीन करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको शवदाह गृहको निर्माण चालू आर्थिक वर्षभित्रै निर्माण सक्ने तयारी छ । दाउरा विपन्नलाई खरिद गर्न महङ्गो पर्ने र अन्त्येष्टिका लागि समय पनि धेरै..

इलाम घुम्न जाऊँ अभियानमा इलामका पर्यटन व्यवसायी

१७ फागुन, इलाम । इलामका पर्यटन व्यवसायी इलाम घुम्न जाऊँ अभियानमा देशका पश्चिमी जिल्लाको अभियानमा निस्किएका छन् । इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत सहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागी पश्चिमी जिल्लाको अभियानमा निस्किएका हुन् । इलाम भन्ने बित्तिकै धेरै जसोले कन्याम र अन्तु मात्रै बुझ्ने गरेको र त्यही बाट फर्कने गरेको भन्दै कन्यामय र अन्तु भन्दा धेरै राम्रा पर्यटकीय गन्तव्य इलाममा छन् भन्ने चिनाउनका..

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

१७ फागुन, काठमाण्डौँ । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धन अप्ठ्यारोमा परेको छ । बुधबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले आगामी निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाले एकल उम्मेदवार उठाउने विषय रणनीतिक नभई कार्यनीतिक विषय भएकाले गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे । कार्यनीतिक विषय अन्तिम चरणमा उम्मेदवारी फिर्ता लिने हो वा अन्य दलसँग तालमेल..

विभिन्न जातजातिका झाँकी सहित झापा गोल्डकपको उद्घाटन हुने, मेयर बालेनलाई पनि निमन्त्रणा

१७ फागुन, बिर्तामोड । फागुन १९ गतेदेखि सञ्चालन हुन गइरहेको अर्ना छैठौं झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताएका छन् । झापा गोल्ड कपको तयारी अन्तिम चरणमा पुगेको र फागुन १९ गते सभ्य र भब्य तयारीकाले उद्घाटन गर्ने बताए । झापा गोल्ड कपमा ए डिभिजन क्लवसहित १० वटा टिमको सहभागिता हुनेछ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लवसहित बागमती युवा क्लव, संकटा फुटबल क्लव,..

सिंहदरबार विकास निर्माण, प्रशासन सबै काममा सेलाएको छ– प्रधानमन्त्री ‘प्रचण्ड’

१७ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताएका छन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका हुन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन..

कोशी प्रदेश नामकरणको एक वर्ष, पहिचानवादीले मनाए कालो दिन

१७ फागुन, काठमाडौँ । कोशी प्रदेश नामकरणको एक वर्ष पुगेको छ । तर, पहिचानवादीहरूले कोशी नामकरणको निरन्तर विरोध गर्दै पुनः नामाङ्कनको माग गर्दै आइरहेका छन् । गत वर्षको फागुन १६ गते कोशी प्रदेशसभाको बैठकले विवादका बीच प्रदेश १ को नाम कोशी प्रदेश राख्ने निर्णय गरेको थियो । एक वर्ष पुगेकै अवसरमा बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले राजधानीमा कालो दिन मनाएको छ । काठमाडौँको उपत्यकामा बसोबास गर्ने..

काँकरभिट्टामा खैरो हेरोइनसहित तीन जना पक्राउ

  १७ फागुन, झापा । दार्जिलिङ होटल अगाडि बाटोबाट खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बुधवार साँझ ७ः३० बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । अर्जुनधारा–१० कालिस्थान घर भई मेचीनगर–६ सुनगाभा टोलमा डेरा गरी बस्ने २६ बर्षिय प्रकाश पौडेल र काठमाडौं–१६ ढुङगे अड्डा बस्ने ३० बर्षिय इश्वर आधिकारी र अर्जुनधारा–१० कालिस्थानका २२ बर्षिय पुजन..