नेपाल त्रिकोणात्मक टी–२० शृङ्खलाको फाइनल खेल्ने पक्का

१९ फागुन, काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल्ने भएको छ । शनिवार नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकालेको नेपालले फाइनल खेल्ने पक्का भएको हो । नेपालले ४ खेलबाट दुई खेलमा जित र दुई खेलमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छन् । नेदरल्यान्ड्स समान ४ अंकसहित पहिलो र नामिबिया २ अंकसहित तेस्रो स्थानमा छ । नेपालको रनरेट ०.२९३, नेदरल्यान्डले ०.३१० र नामिबियाको माइनस ०.७००..

देशको मुहार फेर्नैपर्छ, वृद्राश्रम र असफल राज्य बन्न दिनुहुँदैन्– गृहमन्त्री श्रेष्ठ

१९ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन् । शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग संमृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब्युरोक्रेसिका उच्च तहका मान्छे र राजनीतिमा पहुँच राख्ने सम्पतिशाली मान्छेले जे पनि गर्न सक्छन् भन्ने कुरालाई आफूले खण्डित गरेरै छाड्ने बताए । बाँसबारी जुत्ता कारखानाले सरकारी..

‘उखु किसानलाई लाभ हुने योजना नबने सम्म कृषक पलायन रोक्न सकिन्दैन्’

१९ फागुन, जनकपुरधाम । मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन् । त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम गर्नुपर्ने उहाँहरूको सुझाव छ । कृषि विभाग हरिहर भवन, ललितपुरले शुक्रबार जनकपुरधाममा आयोजना गरेको उखु उत्पादनका समस्या पहिचान तथा कार्यविधिसम्बन्धी अन्तक्र्रियामा किसानले हालकै अवस्था कायम रहे धेरैले सो खेती छोड्ने निष्कर्षमा पुगेको बताएका हुन् । कृषि उत्पादक किसान एवं..

त्रिकोणात्मक टी २० सिरिजः समूह चरणको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

१९ फागुन, काठमाडौँ । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अनितम खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर १२१ रनमा पूरा गर्याे। नेपालको जितमा कप्तान रोहित कुमार पौडेल र गुलसन झाले ८६ रनको साझेदारी गरे। कप्तान रोहित ब्यक्तिगत ४६ रन बनाउँदा गुलसनले ३८ रन बनाए। गुलसनले ३६ बलमा २ चौका..

माझी राष्ट्रिय गीतको लोकार्पण

१९ फागुन, काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी..

दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

१९ फागुन, काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति..

झापामा रहेका समस्याहरुको सबै पालिका मिलेर समाधानमा लाग्ने प्रतिबद्धता

१९ फागुन, बिर्तामोड । झापा जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले साझा समस्याहरु समाधानमा चासो व्यक्त गरेका छन् । शुक्रवार बिर्तामोडमा आयोजित मेयर, अध्यक्षहरुको परामर्श बैठकमा सबै पालिकामा रहेको साझा समस्याहरुको पहिचान गरेर समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ । स्थानीय तहमा रहेको फोहोरमैला व्यवस्थापन, लागुऔषध समस्या, अखाद्य वस्तुको नियन्त्रण, जंगली हात्तीको आतंक साझा समस्याका रुपमा रहेको परामर्श बैठकमा उठान भएको थियो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले साझा..

जितका लागि नेपाललाई १२१ रनको लक्ष्य

१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अनितम खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनायो। नेदरल्यान्ड्सका लागि म्याक्स ओडावडले सर्वाधिक ३१ रन बनाए। उनले २४ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे। उनलाई ८.५ ओभरमा प्रतिस जिसीले आउट गराए। कप्तान स्कट एडवार्डले २१ बलमा एक..

प्रचण्ड सरकारले प्राथमिकता दिएकै कारण नेपाली खेलकुदले राम्रो नतिजा ल्याएको हो– वर्षमान पुन

१९ फागुन, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो पन्ध्र वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायत सबै क्षेत्रमा तीव्र विकास भएको बताएका छन् । शनिबार काठमाडौँमा प्रथम शहीद स्मृति बागमती प्रदेश रनिङ शिल्ड प्रतियोगिताको खेलाडी सम्मान तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रममा उपमहासचिव पुनले देशमा गणतन्त्र आएपछि तुलनात्मक रूपमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधारलगायतका क्षेत्रमा तीव्र विकास भएको चर्चा गरे । ‘हामीले ३० वर्षको पञ्चायत..

सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको जिज्ञासाको जवाफ दिने

१९ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विपक्षी दलका सांसदलगायत सांसदहरुले समसामयिक विषयमा उठाएका जिज्ञासाको आगामी सोमबारको बैठकमा जवाफ दिने भएका छन् । कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेका भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई शुक्रबार एक पत्र पठाउँदै आगामी सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने बताएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले सङ्घीय संसद्का महासचिवलाई पठाएको पत्रमा शुक्रबार सम्माननीय प्रधानमन्त्री पुष्पकमल..