एमाले मिसन ८४ मा लागेको छ, सरकारको विषय प्राथमिकतामा छैन्–एमाले अध्यक्ष केपी शर्मा ओली

१६ फागुन, विराटनगर । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका छन् । उनले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए । उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए । उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’ उनले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताए..

कोसी गाउँपालिका–१ राष्ट्रिय मा.वि.का पूर्व प्रधानाध्यापक धनीलाललाई भ्रष्टाचार मुद्दा

१६ फागुन, सुनसरी । सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ। प्रधानाध्यापक यादवविरुद्ध रु ६४ हजार नौ सय भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। खुला कोटाअन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५-०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर..

गण्डकी प्रदेशकाे हिउँदे अधिवेशन आजदेखि

१६ फागुन । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ। गत असोज १२ गते अधिवेशन अन्त भएको थियो । करिब ६ महिनापछि मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ। यस्तै, एउटा विधेयक सरकारले संसद्मा..

माओवादीेको कार्यविभाजनमा असहमति जनाउँदै उपमहासचिव जनार्दन शर्माले राखे फरक मत

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पेश भएको कार्यविभाजन लगायतमा असहमति जनाउँदै फरक मत राखेका छन् । विधान अधिवेशनमा आफूले पदाधिकारीको निर्वाचनबारे वकालत गरेकाले कार्य विभाजनमा नसमेटेको भन्दै शर्माले बैठकमा फरक मत राखेका हुन् । फागुनको पहिलो साता भएको विधानको ह्याङओभरलाई लिएर कार्यविभाजप्रति असन्तुष्टि जनाउँदै बैठकमा असहमति राखेको बताए । अधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी पनि निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका थिए । त्यस्तै..

छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक,उद्घाटन खेलमा एपिएफ र संकटाबिच प्रतिस्पर्धा

१६ फागुन,बिर्तामोड । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग..

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैतमा

१६ फागुन । वीर गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी तथा नेपाल बक्सिङ महासंघको संयुक्त आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको छैटौं संस्करण चैत १३ गतेदेखि हुने भएको छ । आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले पुरुषमा ७ र महिलामा ६ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । तीन विभागीय टोली (प्रहरी÷आर्मी÷एपीएफ) र सातै प्रदेशबाट करिब १ सय ५० खेलाडीको सहभागिता रहने..

गोल मेसिन ‘साम्बा’को नयाँ कृतिमान, दक्षिण एसियामा सर्वाधिक गोल गर्ने खेलाडी

१६ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्। वाफ महिला च्यायम्पियनसिप अन्तरगत ९ गोल गरेपछि साम्बाले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् । गएराति वाफ महिला च्याम्पियनसिप अन्तर्गत भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले रेकर्ड बनाएकी हुन् । सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् । भारतीय बाला देवीले ६४ खेलमा..

प्रिति राईको जादुमय गोलमा नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

१६ फागुन । इन्ज्युरी समयमा प्रिती राईको उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २–१ को नाटकीय जित दर्ता गरेको हो । खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक..

गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत

१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताएका छन् । मन्त्रालयमास्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताए । मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताए । उनले भने,..

त्रिकोणात्मक टी–२० आई सिरिजः पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी..