अर्थतन्त्र सुधार हुँदैछ, निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने वातावरण बन्दैछ- अर्थमन्त्री महत

अर्थतन्त्र सुधार हुँदैछ, निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने वातावरण बन्दैछ- अर्थमन्त्री महत

१७ फागुन, रुपन्देही । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधार भइरहेको बताएका छन् । देशको अर्थतन्त्र सुधारउन्मूख रहेको बताउँदै महतले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

बुधबार नवलपरासीमा औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले भने, ‘आत्मविश्वास बढाऔं अर्थतन्त्र अगाडि बढछ, अब यस्तो अवस्था रहँदैन व्याज घटेको छ विचार पुर्याएर ऋण लिने र लगानी गर्ने अवस्था आइसकेको छ, एउटाले जे गर्याे त्यही गर्ने हाम्रो प्रवृति छ, त्यसैले नयाँ सोचौं, निजी क्षेत्रले ढुक्क भएर लगानी गर्ने वातावरण बन्दै गएको छ ।’

सबैले एउटै प्रकृतिको व्यवसाय गर्न थालेपछि आपुर्ति बढि र माग कम भएपछि स्वतः घाटा लाग्ने मन्त्री महतले तर्क गरे । उनले भने, ‘बैंकको व्याजदर घट्ने क्रममा छ आत्मविश्वास जगाऔं लगानी गरौं । यसरी उत्पादन र रोजगारी बढ्छ अनि राजस्व उठ्छ र सरकारको बजेट दिने क्षमता पनि बढ्छ जसले गर्दा विकास सम्भव हुन्छ । कोभिडपछि नेपालमा सबैभन्दा बढी पर्यटक आएको अवस्था छ, देशको आर्थिक स्थिति सुधारउन्मूख छ र व्यवसायलाई बढाउन सकिने अवस्था बढ्दै गएको छ ।’

पश्चिम नवलपरासीमा उद्योग व्यवसाय बढ्ने क्रम जारी रहेको र अझै बढ्ने भएकाले यसलाई व्यवस्थित रुपमा अगाडि लैजान आग्र गरे । मन्त्री महतले रामग्राम स्तूपमा पनि भौतिक पूर्वाधारको विकास गर्न पहल गर्ने बताए । ‘विश्व बैंकसँग कुरा हुँदैछ थप लगानी गरेर कुन ठाउँको के महत्व छ त्यसको आधारमा पर्यटन विकास गर्ने योजना सरकारले बताएको छ’ उनले भने ।

अर्थमन्त्री महतले महेशपुर भन्सारलाई सुविधा सम्पन्न बनाउने प्रतिबद्धता गरे । महेशपुर भन्सारको निरीक्षणपछि भन्सारलाई थप सुविधा सम्पन्न बनाउन पहल गर्ने उनले बताएका हुन् । महेशपुर भन्सारमा भौतिक पूर्वाधार तथा भूक्षेत्रको अभाव छ । जिल्लाको एक मात्र मुख्य नाकाको रुपमा रहेको महेशपुर ठूलो भन्सारलाई सोही कारणहरुले लक्ष्य अनरुपको राजस्व संकल गर्न चुनौती थपिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर