छैटौं झापा गोल्डकपः आज चर्च बोइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै

२० फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपमा आज चर्च बोइज युनाइटेड र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदैछ । डोमालाल रंगशालामा आज दिँउसो २ बजेपछि खेल सुरु हुनेछ । आजको बिजेता टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । बिजेता टोलीले सेमिफाइनल प्रवेशका लागि एनआरटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न..

कमल गाउँपालिकाबाट ३८ ग्राम ब्राउनसुगर सहित होटल संचालक प्रक्राउ

२० फागुन, झापा । होटलमा ब्राउनसुगर बिक्री गर्ने होटल संचालकसहित दुईजना पक्राउ परेका छन् । कमल गाउँपालिकाबाट प्रहरीले ब्राउनसुगरसहित दुईजना लागूऔषधका कारोबारीलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट ३८ ग्राम ब्राउनसुगर फेला परेको छ । हिजो साँझ ७।३० बजेको समयमा कमल ३ स्थित कृष्टिना होटलमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले छापा मारेको थियो । शंका लागेर होटलमा रहेका होटल साहु सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज थापा र शिवसताक्षी..

शालिन पोखरेल मृत्यु प्रकरणको छानविन गर्न ओलीको माग

२० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलको होस्टेलमा शालिन पोखरेल मृत भेटिएको घटना अनुसन्धान गर्न माग गरेका छन्। शालिनको शव झुण्डिएको अवस्थामा फेला परेको घटनाले आफूलाई बेचैन बनाएको बताएका ओलीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गर्नुपर्ने बताएका हुन्। ओलीले यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको भन्दै..

सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच पाँच बुँदे सहमति

२० फागुन, काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच शनिबार भएको वार्तामा पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे..

राष्ट्रिय सभाका २० जना सदस्यहरुको पदावधि आज सकिँदै

२० फागुन, काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यहरुको पदावधि आज सकिँदै छ। आजबाट पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र २ राज्यमन्त्रीसहित २० जना छन्। आजबाट पदावधिसकिनेमा एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको आजैदेखि पदावधि सकिँदै छ। त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट..

६ संसदीय समितिको बैठक बस्दै, प्रधानमन्त्रीले सोमबार संसद ‘फेस’ गर्ने

२० फागुन, काठमाडौं । आज संघीय संसद् अन्तर्गतका ६ वटा समितिकाे बैठक बस्ने भएकाे छ। संसद् सचिवालयका अनुसार विभिन्न ६ वटा समितिको बैठक पनि बस्ने भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समित, अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान ११ बजे बस्ने छ । यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान..

मेचीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु

२० फागुन, झापा । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ भने अर्की बालिका गंभीर घाइते भएकी छन् । शनिबार साँझ ७ बजेको समयमा मेचीनगर नगरपालिका ५ घोडाधिनस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने बर्ष ५५ की देवीमाया बि.क. र नबिन बि.क.की छोरी बर्ष ६ की निशा बि.क.लाई ठक्कर दिएको थियो । घाईतहरुलाई उपचारको..

संकटालाई पराजित गर्दै एपिएफ झापा गोल्डकपको क्वार्टरफाइनलमा

१९ फागुन, बिर्तामोड । बिर्तामोडमा आज देखि संचालन भएको छैँठौ अर्ना झापा गोल्डकपको उद्घाटन खेलमा एपिएफले संकटा क्लबलाई पराजित गरेको छ । यो सँगै एपिएपफ फुटबल क्लब छैँठौ झापा गोल्डकपको क्वार्टरपफाईनलमा प्रवेश गरेको छ । आज विर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा संकटा क्लबलाई एपिएफले पेनाल्टीमा ४–२ ले पराजित गरेको हो । एपिएफलाई जिताउन गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट प्रर्दशन गरे । उनले संकटाको एउटा पेनाल्टी बचाएका थिए भने एउटा..

साफ यू–१६ महिला फुटबल प्रतियोगिताः नेपाल बंगलादेशसँग २–० ले पराजित

१९ फागुन, काठमाडौं । राजधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा ब‌ंगलादेशसँग पराजित भएको छ । एन्फा टेक्निकल सेन्टर, सातदोवाटोमा भएको खेलमा ब‌ंगलादेशले नेपाललाई २–० गोलले हराएको हो । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो । साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बङ्गलादेशसहित चार टिमले सहभागिता जनाएका छन् । राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि..

मानसिक रोगप्रति संवेदनशील नहुँदा विकराल समस्या आएको भन्दै सरोकारवालाको आपत्ती

१९ फागुन, काठमाडौं । पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरुले बताएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक छलफलमा सहभागी सरोकारवालाहरुले मानिसक रोगले समाज भित्रभित्रै प्रभावित भएको बताएका हुन् । गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री..