समाचार
चर्च ब्वाइज युनाइटेड छैटौँ झापा गोल्ड कपको क्वार्टरफाइनलमा
२१ फागुन, बिर्तामोड । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो ।..
हरिपुर्वा न.पा.मा हाकिम सरुवा प्रकरण- मेयर साहको चरम चलखेल
२० फागुन, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नाटकिय ढंगले भइरहेको हाकिम सरुवा प्रकरणमा मेयर विनोद कुमार साहले चरम चलखेल गर्दै आएको कुरा खुलासा भएको छ । प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको सरुवामा मेयर साह आफ्नो पदको चरम दुरुपयोग गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराउँदै आएका छन् । नगर प्रमुख साहले २०८० साल पुस २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिदिनका लागि मिति २०८०..
गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक
२० फागुन, काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता..
सँगै रक्सी खाएर साथीकी श्रीमतीलाई ‘प्राङ्क कल,’ दुर्व्यवहार गरेको भन्दै हत्या
२० फागुन, भक्तपुर । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिएका गोपाल ढकालको हत्या आरोपी सार्वजनिक गरेको छ । तेह्रथुम छथर गाउँपालिका –२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित कोठाबाट तेल किन्न निस्किएका ढकालको हत्या भएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले ढकालको हत्यामा संलग्न भएको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका ६ का सन्तोष सुवाल काभ्रेको सिपाघाटबाट पक्राउ परेका हुन् । उनी पेशाले मोटरसाइकल मिस्त्री मेकानिक हुन् ।..
सालिनको बलात्कार पुष्टि भएन, मृत्युको कारण ‘ह्याङ्गिङ’
२० फागुन, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, बलात्कार पुष्टि भएन ।’ १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । कक्षा ८..
प्रधानमन्त्री प्रचण्ड र ‘रास्वपा’का सभापति रवि लामिछानेबीच भेटवार्ता
२० फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी गराए । दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा उत्रिएका थिए । आन्दोलनरत पक्षसँग सरकारले २१ चैतभित्र बक्यौता चुक्ता गर्ने सहमति..
भैरहवामा ५० करोड लगानीमा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा
२० फागुन, बुटवल । रुपन्देहीको भैरहवामा ५० करोड लगानीको चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका–३ मा १० कठ्ठा क्षेत्रफलमा पाँच वर्ष लगाएर तयार गरेको होटेललाई सम्राट ग्रुपले व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । २०४८ मा पोखराबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सम्राट ग्रुपले काठमाडौं र चितवनमा पनि तारे होटल सञ्चालन गरिरहेको छ । हस्पिटालिटी क्षेत्रमा ३० वर्षको अनुभवसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भारत..
संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबिच छलफल
२० फागुन, काठमाडौँ । संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । उनले आज बिहान देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न बाँकी छ । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य..
इलाममा फागुन २७ देखि चैत २ गतेसम्म दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने
२० फागुन, इलाम । इलाममा आगामी फागुन २७ देखि चैत २ गतेसम्म दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी खोप अभियान सञ्चालनको तयारी थालिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । इलाममा नौ महिनादेखि ५ वर्ष मुनिका १७ हजास सात सय २२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय इलामका कार्यालय प्रमुख आदित्य शाक्यले जानकारी दिए । खोप अभियानका लागि ९३ स्वास्थ्य संस्थामा..
आज विदेशी मुद्राको विनियमदर
२० फागुन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । आज राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ । त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७