समाचार
गृहमन्त्री रवि र धरानका मेयर हर्कबिच भेटवार्ता
१८ चैत । धरानका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेलाई मन्त्रालयमा भेट्दै मेयर साम्पाङले धराने जनताका केही सरोकारका माग तेस्र्याएका छन् । केही दिनयता सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र अध्यक्ष लामिछानेविरुद्ध मेयर लामिछानेले तारनतार स्टाटस लेख्दै आएका थिए । उनले इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि सहयोग मागेका छन् । धरानमा सशस्त्र प्रहरीको..
धरानवासीलाई खानेपानीको व्यवस्था गर्न सरकार गम्भीर छः अर्थमन्त्री पुन
१८ चैत । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई खानेपानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन अर्थमन्त्रालय पुगेका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गर्दै सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए । ‘धरान धेरै राम्रो र सुन्दर सहर हो,..
एमाले झापाको अध्यक्षमा गिरी र उपाध्यक्ष ढुङगेल सर्वसम्मत
१८ चैत, बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत भएको छ । अध्यक्षमा प्रेम बहादुर गिरी र उपाध्यक्षमा शिव ढुङगेल सर्वसम्मत भएका हुन् । शनिवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो । चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु..
सत्ता गठबन्धनको बैठक जारी
१८ चैत । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूबीच बालुवाटारमा बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको स्रोतले जानकारी दियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । “अनौपचारिक छलफल हो । पाँच दलका प्रमुखहरू हुनुहुन्छ,” स्रोतले भन्यो । आजै बिहान बालुवाटारमा संवैधानिक परिषद्को बैठक..
रामोसको गोलमा सेभिल्लाको जित
१८ चैत । डिफेन्डर सर्जियो रामोसको गोलमा सेभिल्लाले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गरेको छ। कोलिजियम अल्फोन्सो पेरेजमा शनिबार सम्पन्न खेलमा घरेलु टोली गेटाफेलाई सेभिल्लाले १–० गोल अन्तरले पराजित गरेको हो। पाहुना टोली सेभिल्लाको जितमा सर्जियो रामोसले गरेको गोल नै निणर्यक बन्यो। उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए। त्यसपछि बाँकी समय थप गोल नहुँदा सेभिल्ला १–० गोल अन्तरले विजयी भयो। जितसँगै सेभिल्लाले ३० खेलबाट ३१ अंक जोडेको छ। सेभिल्ला..
विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्नेबारे आफ्ना मन्त्रीसँग रास्वपाको छलफल
१८ चैत, काठमाडौं । विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ । पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । ‘विद्यार्थीहरुलाई पनि राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने बारेमा छलफल भएको छ,’ रास्वापाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने,’विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र दिएपछि यथार्थ विद्यार्थी संख्या देखिन्छ ।’ विद्यार्थीको संख्या यथार्थमा..
फ्रेन्डसिप कप अन्तर्गत नेपालले आज गुजरातसंँग खेल्दै
१८ चैत । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ः४५ मा साई मेघपन स्पोट्र्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका..
अर्थमन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त
१८ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । उनी त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् ।
रोनाल्डोको ह्याट्रिमा अल नासरको जित
१८ चैत । कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिमा अल नासरले साउदी प्रो लिगमा अल ताईलाई पराजित गरेको छ। अल अवाल रंगशालामा शनिबार सम्पन्न खेलमा अल ताईलाई घरेलु टोली अल नासरले ५–१ गोल अन्तरले पराजित गरेको हो। अल नासरको जितमा रोनाल्डोले ह्याट्रिक गर्दा ओक्टोभियो र अब्दुलरहमान घरीबको नाममा १र१ गोल रह्यो। अल ताईका भिर्गिल मिसिडजानले एक गोल फर्काए। रोनाल्डोले देलको ६५, ६७ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अक्टोभियोले २०..
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो
१७ चैत, झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ । काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ । मेची भन्सार कार्यालयका..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७