प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङले काठमाडौँमा गरे एकल प्रदर्शन

प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङले काठमाडौँमा गरे एकल प्रदर्शन

२० चैत । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै काठमाडौँमा एकल प्रदर्शन गरेका छन् ।

धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका हुन् ।

‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उनी प्रदर्शनमा गरेका छन् । मेयर सम्पाङले आफ्नो एक्समार्फत एकल प्रदर्शन गरेको जनाएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर