समाचार
ब्याटिङ नचल्दा नेपाल आयरल्यान्डसँग पराजित
२१ चैत । कमजोर ब्याटिङसँगै नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २२ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट भयो । नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए ।नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको..
रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशील रहेको मन्त्री चौधरीको भनाई
२१ चैत । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मन्त्रालय र मन्त्रालयसँग सम्बद्ध सरकारी निकाय सुधार गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन् । नेकपा एमालेको सामाजिक सेवा विभागका पदाधिकारीसँगको भेटघाटमा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिकका ऐन निर्माण, नीतिगत सुधार गर्न आफू क्रियाशील रहेको बताइन् । मन्त्रालयमा भएको भेटमा मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण परिषद्, बालअधिकार परिषद्, बाल संगठन सुधारका लागि आफू प्रतिबद्ध रहेको बताइन् ।..
ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, २५ वर्षयताकै शक्तिशाली
२१ चैत । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । ताइवानको धेरै पहाडी भित्री भागमा, सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले भूकम्पले ठुलो भूस्खलन भएको देखाउँछ। भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन भने बाँकी छ । यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी..
बिर्तामोडमा अटो पल्टिँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
२१ चैत, झापा । झापाको बिर्तामोड–३ बिर्ताबजारमा मंगलबार साँझ सवा सात बजे अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीय सामना लिम्बू र साबिकको डुम्रिसे–२ बस्ने ३६ बर्षीय भीमबहादुर तामाङ घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले..
कमलको ह्याट्रिकसँगै आयरल्यान्ड ए द्वरा नेपाललाई १५८ रनको लक्ष्य
२१ चैत, काठमाडौं । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ए लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भयो । आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित..
झापामा एकैरात दुई सहकारी संस्थाहरुमा तोडफोड र चोरी
२१ चैत, झापा । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुनेक्रममा एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ । मंगलबार राति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह ५ चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि मंगलबार राति नै चोरी भएको जनाइएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसअघि गत चैत ५ गते..
बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण
२१ चैत, झापा । झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, सरोकारवाला लगायतलाई अभिमुखिकरण तथा सक्रिय खोजपडताल परिक्षण कार्यक्रम अघि बढाएको छ । बुधबार वडा नम्बर ५ को वडा कार्यालयमा वडाअध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार..
बुटवलका डीएसपी ठग भ्रष्टाचार मुद्दामा दोषी ठहर
२१ चैत । घुस रकमसहित नियन्त्रणमा लिइएका बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको..
आफूहरुको सहमति बिना संसदमा एजेन्डा नबनाउन सभामुखलाई कांग्रेसको आग्रह
२१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । अन्यथा, आफूहरु कठोर हुने चेतावनी दिएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरेको थियो । सभामुख घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताएका..
गण्डकी प्रदेशका मुख्यमन्त्रीेले दिए राजीनामा
२१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७