उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने

२५ चैत । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने भएको छ । कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सकिने छ । २६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझ हुने छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।..

बहुमत ल्याउन कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई देउवाको निर्देशन

२४ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले मुलुकमा विद्यमान राजनीतिक अस्थिरताबारे संकेत गर्दै कांग्रेस एक्लैलाई आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टी बनाउन अपरिहार्य भएको बताए । ‘अहिलेको राजनीतिक अवस्थाको बारेमा मैले धेरै भन्नु छैन, तपाईंहरुलाई थाहा नै छ । तर अहिले यही कुरालाई मध्यनजर गरेर एक्लै..

उपनिर्वाचनका लागि कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराए

२४ चैत, इलाम । आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भिष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थितिमा खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आठौं क्रममा मनोनयन दर्ता गराएका हुन् । पञ्चेबाजा सहितको मनोनयन गर्न आएको नेपाली कांग्रेसका नेता तथा..

उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ मा ६ जनाको उम्मेदवारी दर्ता

२४ चैत । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । दिउँसो ३ बजेसम्म नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंहको उम्मेदवारी दर्ता भएको हो । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट दिल सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । यस्तै नेपाल..

एमाले उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गराए

२४ चैत, इलाम । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज..

रुसी ड्रोन आक्रमणमा परी ६ जनाको मृत्यु

२४ चैत । युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ । मेयर इहोर तेरेखोभका अनुसार इरानमा निर्मित शाहिद ड्रोनले शनिबार बिहान केही अपार्टमेन्ट ब्लकहरूसहित धेरै भवनहरूमा प्रहार गरिएको थियो। खार्किभ रुसी सिमानाको सबैभन्दा नजिकको युक्रेनी सहर हो। पछिल्लो समय रुसले आफ्नो आक्रमणलाई तीव्र बनाएको छ । युक्रेनी अधिकारीहरूले भविष्यमा यो सहरमा रुसले आक्रमण गर्न सक्ने बताएका छन् । मेयर तेरेखोभले टेलिग्राम मेसेजिङ एपमा हमलामा..

प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने

२४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरामा छलफल भएको पनि बताए । सोही समयमा दक्षिण..

पहिचानवादी थेगिमले उम्मेदवारी दर्ता गराए

२४ चैत, इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु थेगिमले पनि मनोनयन दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् । उनको मनोनयन दर्ताका क्रममा ठूलो समूह बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो साँस्कृतिक पहिरचसहित आएका थिए ।..

मदन भण्डारी राजमार्गको अनुगमन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनाल

२४ चैत, इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको परिकल्पनामा अघि सारिएको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता पाएको छ। नेता खनालले चुरे क्षेत्रका जनताको जीवनस्तर उठाउनका लागि परी कल्पना गर्नुभएको मदन भण्डारी राजमार्ग निर्माणको कामले तीव्रता लिएको खनालको निजी सचिवालयले जानकारी दिएको छ। बिहिबार राजनीतिक तथा सामाजिक कार्यक्रमको सिलसिलामा झापा(इलाम पुगेका खनालले निर्माणाधिन मदनभण्डारी राजमार्गको अर्जुनधाराबाट पाटापुर क्षेत्रको अनुगमन गर्नु भएको छ। उक्त..

एमालेद्वरा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान

  २४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न शनिबार केन्द्रीय कार्यालयमा बैठक..