कांग्रेसले संसदीय दलको बैठक बोलायो

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो । शीर्ष तहका नेताको बैठकमा संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको छ । ‘संसदका समसायिक विषयमा छलफल गर्न संसदीय समितिको बैठक भोलि बिहान बस्छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘बजेट अधिवेशनको तयारी, संसद्‌मा आएका विधेयक, संसद्को अहिलेको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बस्छ ।’ मंगलबार प्रतिनिधि..

पेरिसको अपार्टमेन्टमा विस्फोटः तीन जनाको मृत्यु

२६ चैत । फ्रान्सको राजधानी पेरिसमा एक आठ तले अपार्टमेन्ट भवनमा विस्फोटपछि भएको आगलागीमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ यो विस्फोट भएको हो । तर, विस्फोटको कारण भने खुल्न सकेको छैन । यो भवन पेरिसको एरोन्डिसमेन्टमा थियो । प्रारम्भिक जाँचका अनुसार रु डे क्यारोनको सातौँ तल्लामा आगलागी हुनुअघि विस्फोट भएको थियो । भवनमा ग्यास नभएकाले विस्फोट कसरी भयो भन्ने कुरा छिमेकीहरूले बुझ्न नसकेको एरोन्डिसमेन्टका डेपुटी..

गौतम बुद्ध रंगशालाको लागि आवश्यक बजेटको व्यवस्था आर्थिक वर्षमा हुने

२६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन्। बागमती प्रदेश खेलकुद परिषद्द्वारा आइतबार आयोजित प्रथम अन्तरप्रदेश राष्ट्रिय प्रतियोगितामा उनले भरतपुरको रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समावेश गरिसकेको र आवश्यक बजेट पनि प्रबन्ध गरिने बताए। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा रूपान्तरण भएपश्चात निर्माणकार्यमा यसअघि देखिएका विभिन्न प्रकारका समस्याहरूको एकीकृत समाधान हुनेछ,’उनले भने,..

गुजरातलाई हराउँदै नेपालले जित्यो एसएमएस फ्रेन्डशिप कपको उपाधि

२५ चैत । गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कपको उपाधि उचालेको छ । वापीमा भएको फाइनल खेलमा घरेलु टोली गुजरात माथि १८ रनको जित हासिल गर्दै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्र बनाउन सक्यो । गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन जोड्न सफल भए । यस्तै आर्य देसाईले २४..

आयरल्यान्ड वुल्भ्सद्वरा एकदिवसीय शृंखला ‘क्लिन स्वीप’

२५ चैत । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड वुल्भ्सले ‘क्लिन स्वीप’ गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६९ रनको सहज जित निकाल्दै वुल्भ्सले शृंखला क्लिन स्वीप गरेको हो । खेलमा वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.४ ओभरमा २१५ रनमा आलआउट भयो । नेपालका अर्जुन कुमालले शतक बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ११८ बलमा १४ चौकासहित..

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिए शपथ

२५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र एक स्वतन्त्र (दीपक मनाङे) गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री..

आयरल्याण्ड विरुद्ध १८ बर्षीय अर्जुनको शतक

२५ चैत । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड विरुद्ध शतक बनाएका छन् । २८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औं ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पूरा गरेका हुन् । ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए । कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए..

मुख्यमन्त्री नपाएपछि मन्त्री बन्दै चुमान

२५ चैत । गण्डकी प्रदेशको नेतृत्व आफूहरुले पाउनुपर्ने माग राखेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान आफैं मन्त्री बनेर खगराज अधिकारी नेतृत्वको सरकारमा जाने भएका छन् । एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्ति भएपछि माओवादी संसदीय दलको बैठकले चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको प्रमुख सचेतक कुशुम बुढामगरले जानकारी दिइन् । चुमानले यसपटक गण्डकीमा जसरी पनि माओवादीले नेतृत्व पाउनुपर्ने भन्दै केन्द्रसम्मै दबाब दिए पनि असफल भएका थिए । यसअघि पनि पटक..

एसएमएस कपको फाइनलमा नेपालद्वरा गुजरातलाई १७७ रनको लक्ष्य

  २५ चैत । एसएमएस त्रिकोणात्मक टी–२० शृंखलाको फाइनल खेलमा नेपाली क्रिकेट टोलीले गुजरातलाई जितका लागि एक सय ७७ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४..

नेपाल आँखा अस्पताल ५१ वर्षमा प्रवेश

२५ चैत । नेपाल आँखा अस्पतालले स्थापना कालदेखि अहिलेसम्म ३४ लाख बढीको आँखा परीक्षण गरेको छ । सो अस्पतालले एक लाख बढीको आँखा शल्यक्रिया गरेको छ । आइतबार अस्पतालको स्वर्ण महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा अस्पतालले ५० वर्षको अवधिमा ३४ लाख ३८ हजार ५७२ जनाको आँखा परीक्षण गरिएको जानकारी दिइयो । सो समयावधिमा १ लाख ३७ हजार १७४ जनाको आँखाको शल्यक्रिया..