समाचार
ललितपुरको मेटल उद्योगमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु
२४ चैत ।ललितपुरको एक मेटल उद्योगमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा आज बिहान ६ बजे भएको आगलागीमा एकजनाको जलेर मृत्यु भएको छ । जलेको अवस्थामा एकजना फेला परेको तर पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । “मृतकको पहिचान हुन सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ,” एसपी सुवेदीले भने, “आगलागीबाट करिब १० लाख रुपैयाँ..
छुरा प्रहारबाट गम्भिर घाइते भएका बिर्तामोडका मुर्मुको सफल उपचार
२४ चैत । चैत १३ गते बेलुकी बिर्तामोडको पश्चिमबस स्टेण्डमा भएको छुरा प्रहारको घटनामा गम्भिर घाइते भएका बिर्तामोड ३ का २३ वर्षीय सुनिल मुर्मु भनिने सुनिराम मुर्मुको बिर्तामोडको स्पाइन एक्स अस्पतालमा सफल उपचार भएको छ । बिर्तामोड ३ मा सञ्चालित स्पाइन सुपर स्पेसलिटी हस्पिटल ट्रमा सेन्टरले मुर्मुको सफल उपचार गरेको जनाएको छ । गत चैत १३ गते बिर्तामोड १ स्थित पश्चिम बस स्ट्याण्डमा साँझ छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका..
नविन राई स्मृति भेट्रान कपको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले जित्यो
२४ चैत, शिवसताक्षी । झापाको शिवसताक्षीमा संचालित प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पूर्वेली भेट्रान क्लब बिर्तामोडले जितेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै पूर्वेलीले उपाधि जितेको हो । उपाधिसँगै पूर्वेलीले नगद ७१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आयोजक झिलझिले भेट्रान क्लबले नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी..
उपनिर्वाचनका लागि उम्मेदवारहरुकोे मनोनयन पत्र दर्ता आज
२४ चैत । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ..
माओवादी र एमालेद्वरा संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल
२४ चैत । इलाम–२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा माओवादी केन्द्रले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने औपचारिक निर्णय गरेको छ । माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् । इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केन्द्रमै सुहाङलाई सघाउने समझदारी भएको विज्ञप्तिमा उल्लेख..
लापोर्टेको गोलमा अल नासारको जित
२४ चैत । एमेरिकर लापोर्टेको निर्णायक गोलमा अल नासारले साउदी प्रो लिगमा संघर्षपूर्ण जित हासिल गरेको छ। प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा अल नासारले दामाक एफसीलाई १–० ले पराजित गरेको हो। अल नासरको जितमा लापोर्टेले गरेको गोल नै निर्णायक रह्यो। उनले खेलको दोस्रो हाफको इन्जुरी सयमको पहिलो मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा गोल गरेका थिए। यसअघि लगातार दुई खेलमा ह्याट्रिक गरेका कप्तना क्रिस्टियानो रोनाल्डाले भने गोल..
फ्रेन्डसिप टी२० कपमा बरोडासँग नेपाल ३७ रनले पराजित
२३ चैत । नेपाल भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा बरोडासँग ३७ रनले पराजित भएको छ । १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अल आउट भयो । नेपालका सन्दीप जोराले ४३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५६, कुशल भुर्तेल १६, विवेक यादव १७, कुशल मल्ल ३, करण केसी शून्य, दीपेन्द्रसिंह ऐरी २, अनिलकुमार शाह र गुलशन झा १–१ रनमा आउट भए । बरोडाका ध्रुव पटेलले..
नेपाल समाजवादी पार्टीले इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने
२३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा)ले इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले उपनिर्वाचनमा थेगिमलाई समर्थन गर्ने जनाएको छ । पार्टी प्रवक्ता कृष्ण शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै थेगिमलाई विजयी गराउन आह्वान गरेका छन् । थेगिम पहिचानवादी स्वतन्त्र उमेदवार हुन् । त्यस क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
सन्दीप लामिछानेको मुद्दामा ‘प्रत्यर्थी झिकाउन’ आदेश
२३ चैत । बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदनमा गएका थिए । सरकारी वकिल पनि सन्दीपको मुद्दामा पीडित गौशाला–२६ नाबालिग नभएको फैसलाविरुद्ध चैत २ मा पुनरावेदनमा गएको थियो । सरकारी वकिलले पीडित गौशाला–२६ नाबालिग नै भएको भन्दै सन्दीपलाई हैदसम्मको अर्थात १३..
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार उनलाई ४८ सांसदले समर्थन गरेका थिए । यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा बुझाएका थिए । सात सदस्यीय प्रदेशसभाको बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । महरालाई मुख्यमन्त्री बनाउन चार सदस्यले..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७