समाचार
नेविसंघको १२ औँ महाधिवेशन २०८१ पुसभित्र सम्पन्न गर्ने निर्णय
२३ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औँ महाधिवेशन २०८१ पुस मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो । नेविसंघ मुख्यसचिव विजय खड्का अनुसार महाधिवेशनको मिति र कार्यतालिका भने मातृ पार्टी कांग्रेससँग आवश्यक समन्वय गरी तय गर्ने छ । यस्तै पार्टीसँगको समन्वयमा एक महिनाभित्र कार्यसम्पादन समिति लगायतका विभिन्न समितिहरू गठन गर्ने पनि..
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित
२३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी..
रविविरुद्ध पक्राउ पुर्जी जारी
२३ चैत । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउका लागि प्रहरीले प्रकृया अघि बढाएको थियो । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । ओडको घर कञ्चनपुर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले..
उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने
२३ चैत । उपनिर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए । त्यस्तै, प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ । देशभर कुल १० हजार ८९२ मतदानस्थल स्वीकृत गरिएको शर्माले जानकारी दिए । आगामी वैशाख १५..
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी
२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)को संसदीय दलका नेता जोखबहादुर महराले दाबी प्रस्तुत गरेका छन् । सत्ता साझेदार दलहरूको बैठकले बिहीबार नै महरालाई मुख्यमन्त्रीमा दाबी पेसका लागि अघि बढाउने निर्णय गरेको थियो । शुक्रबार ४४ सांसदको हस्ताक्षरसहित महराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् । मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र स्वतन्त्रसहित ४४ सांसदको समर्थन पेस गरेका हुन् । लुम्बिनीमा चार..
फिफा वरीयतामा नेपाल तीन स्थान तल झर्यो
२३ चैत । विश्व फुटबलको सर्वाेच्च निकाय फिफा वरीयतामा नेपाली फुटबल टिम तीन स्थान तल झरेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल हाल १७८औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो । छनोटको दोस्रो चरणमा समूह ‘एच’ मा रहेको नेपालले ‘फेब्रुअरी विन्डो’मा बहराइनसँग दुई खेल खेलेको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको..
दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई आयरल्यान्डद्वरा १७५ रनको लक्ष्य
२३ चैत । गाभिन होइको अर्धशतकप्रेरित आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले १७५ रनको लक्ष्य पाएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो । वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४–७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले..
समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को जोड
२३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक बृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन् ।” विश्वविद्यालयको सम्पूर्ण शैक्षिक..
तीनघरे–शान्पिुर–झापा सडकको अवलोक गर्दै पूर्वप्रधानमन्त्री खनाल
२३ चैत, झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रका सडकको अवलोकन गर्नुभएको छ। बिहीबार पूर्वप्रधानमन्त्री खनालले तीनघरे–शान्पिुर–झापा सडकको अवलोक गर्नुभएको हो । उहाँले तीनघरे–शान्पिुर–झापा सडकलाई पक्की सडकको रूपमा अघि बढाउन कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । ‘यो बाटोको ट्र्याक खोल्ने पहल पनि मैले नै गरेको हो अब बाह्रै महिना चल्ने सडक भइसक्यो यसलाई पिच गरेर यस भेगका जनातको जीवनस्तर उकास्न सरकारसँग पहल गर्छु,–उहाँले..
‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयन सार्वजनिक, को–को परे?
२३ चैत, झापा । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । ‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीनतीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सिधै छनोट गरेको प्रतिभा छनोट..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७