समाचार
विराटनगरमा निशुल्क तीन महिने ब्यूटिसियन तालिम सुरु
२५ चैत, विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ। विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो । तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुली प्याकुरेलले जानकारी दिइन् । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सान्दर्य कला व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्तो सिपमुलक तालिमले ठूलो सहयोग पुर्याउने बताइन् ।..
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड
२५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, सही समयमा दाबी गर्ने प्रणाली, प्रविधिमैत्री बीमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले..
बिर्तामोडको लघुउद्यम कार्यक्रम : कोशेली र गृहिणी अचार बजारमा
२५ चैत, झापा । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले सीप सिकाएका महिलाहरुले दुई वटा ब्राण्डमा अचार उत्पादन गरिरहेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ९ मा कोशेली अचार र वडा नं. ४ मा गृहिणी अचार उत्पादन भइरहेको उद्यम विकास सहजकर्ता कल्पना शिवाकोटीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष र त्यसभन्दा अघिल्लो वर्षमा अचारको तालिम दिइएको थियो । वडामा महिलाहरुको समूह गठन गरेर ८ दिने उद्यमशिलता तालिम सञ्चालन गरिएको..
शिवसताक्षी नगरपालिकाद्वरा कृषि उपकरण वितरण
२५ चैत, झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरभित्रका कृषकहरुलाई व्यावसायिक बनाउन कृषि उपकरण वितरण गरेको छ । शिवसताक्षी–४ को विश्वडुबा बहुउद्देश्यीय युवा कृषक समूहलाई नगरपालिकाले मकै रोप्ने मेसिन र मकै–धान कुटानी–पिसानी गर्ने एक वटा कम्बाइन मेसिन प्रदान गरेको हो । करिब १८ देखि २० हजार रुपैयाँ पर्ने ५ वटा मकै रोप्ने मेसिन र एक वटा कुटानी–पिसानी गर्ने मेसिन प्रदान गरिएको शिवसताक्षी नगर कृषि अधिकृत रविन भट्टराईले जानकारी दिनुभयो । नगर..
राप्रपाद्वरा झापाको विर्तामोडमा राँके जुलुस प्रदर्शन
२५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको विर्तामोडमा राँके जुलुस प्रदर्शन गरेको छ । राजतन्त्र पुर्नस्थापना, हिन्दु राज्य कायम गर्नुपर्ने र भ्रष्टचार अन्त्यको माग गर्दै राँके जुलुस निकालिएको विर्तामोड वडा नम्बर १ का राप्रपा अध्यक्ष जनक खड्काले जानकारी दिनुभयो । राप्रपाले विर्तामोडको मुक्ती चौक आसपासको स्थानमा राँके जुलुस प्रदर्शन गरेको हो । चैत्र २७ गते काठमाडौंमा हुने कार्यक्रमको तयारी सन्देश स्वरुप केन्द्रको निर्देशनमा विभिन्न जिल्लामा एकै साथ राके जुलुस..
‘एनआरएन बिजेनेश एसोसिएसन’ खोल्दै विदेशमा बस्ने नेपाली व्यवसायी
२५ चैत । विदेशमा बसेर व्यापार, व्यवसाय गर्दै आएका गैरआवासीय नेपालीले छुट्टै संस्था दर्ता गर्ने तयारी गरेका छन्। गैरआवासीय नेपाली व्यवसायी सङ्घ (एनआरएन बिजनेश एसोसिएसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको हो । अमेरिकाको टेक्सासमा व्यवासाय गर्दै आएका गौरीराज जोशीले विदेशमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई समेट्न संस्थाको मुख्य उद्देश्य रहेको बताए । जोशी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचनमा महासचिवमा समेत विजयी भएका थिए । सर्वाेच्च अदालतको कहिदिन अघिको फैसलाले..
काठमाडौँ महानगरपालिमा गरिब घरपरिवारको गणना सुरु
२५ चैत । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए । उनले भने, “बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार..
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस
२५ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् । यसमा सभामुखको समेत संख्या गनिएको छ । कोशीमा सभामुखसहित संख्या गनेर दावी पेश गर्दा पछि अदालतले उक्त सरकार उल्ट्याइदिएको थियो । त्यही घटना गण्डकीमा पनि दोहोरिने देखिएको छ । एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे..
उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट २० जनाको उम्मेदवारी दर्ता
२५ चैत । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार बिहान १० बजेदेखि ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन । मनोनयन दर्ताका लागि ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको छ । इलाम–२ मा नेकपा एमालेबाट..
मेटल उद्योगमा जलेर मृत्यु हुने व्यक्ति काभ्रेका ५० वर्षीय राजु ठकुरी
२५ चैत, काठमाडौं । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ । मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो । आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए । उनको शरीर जलेकाले मृतकको सनाखत..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७