इलामेली समाज दक्षिण कोरियाद्वारा ३० लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

२६ चैत । इलामेली समाज दक्षिण कोरियाले इलाम जिल्लाका १० वटै स्थानीयतहका ग्रामीण क्षेत्रमा ३० लाख बाराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ गत वर्ष सेक्टेम्बर ३० तारिकमा समाजद्वारा ‘इलाम चियाबारी साँगीतिक धमाका २०२३’ कोरियामा आयोजना गरेको थियो । नेपाली कलाकारहरु कोरियामा लगेर सांगीतिक कार्यक्रमको गरेको यस कार्यक्रमबाट बचेको रकम जिल्लाको चार नगरपालिका र छ गाउँपालिका गरी जम्मा १० वटा स्थानीयतहमा सामाग्री पुर्याएको समाजका पुर्व..

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, एक बेपत्ता

२६ चैत । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिनुभयो । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार..

सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियो

२६ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्ताैलाले जानकारी..

जनकपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

२६ चैत, जनकपुरधाम । जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए। उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा चौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो । हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गणेश साहका छोरा २४ वर्षीय अर्जुन..

कोशी प्रदेश माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने

२६ चैत । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केहीबेरमा उनीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको..

प्रिमियर लिगमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले अंक बाँडे

२६ चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।​ युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा २–२ को बराबरीमा टुंगियो। लिभरपुलले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा युनाइटेडले २ गोल गर्दै अग्रता लिएको थियो। तर अन्त्यतिर लिभरपुल पेनाल्टीमा गोल फर्काउँदै बराबरीमा ल्यायो। २३ औं मिनेटमा लुइस डियाजले लिभरपुललाई अग्रता दिलाएका थिए। लिभरपुलले त्यसपछि अग्रता बढाउने अवसर पाएपनि मोहमद सलाह २ अवसरमा चुके। दोस्रो हाफको..

उम्मेदवारको नामावली सार्वजनिक गरिँदै

२६ चैत । उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज (सोमबार) सार्वजनिक गरिँदैछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारबिरूद्ध उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवारबिरूद्ध उजुरी नपरेको जनाएको थियो । हिजो साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि..

काठमाडौंमा भोलि राप्रपाको जनप्रदर्शन

  २६ चैत । राजावादी प्रमुख दल राप्रपाले निकै महत्व दिएको काठमाडौं केन्द्रीत बृहत जनप्रदर्शन भोलि आयोजना हुँदैछ । गत ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले यसको उत्कर्षस्वरुप काठमाडौंमा शक्तिप्रदर्शन गर्न लागेको हो । पार्टी आबद्ध विभिन्न संघ–संगठनले जस्तै आन्दोलन उपत्यका परिचालन समितिले पनि तयारीलाई तीव्रता दिएको संयोजक विक्रमबहादुर थापाले जानकारी दिए । राप्रपा बागमती प्रदेश अध्यक्षसमेत रहेका थापाका अनुसार २७ चैतमा हुने..

गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको अडान कायमै

२६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने अडानबाट पछि नहट्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो । संसदीय छानबिन समितिको मागसहित थप छलफल गर्नको संसदीय दलको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए । उनले भने– ‘आज समग्र विषयमा पदाधिकारी बैठकमा छलफल भयो । त्यसबारे थप..

गण्डकीको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत जाने

२६ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत जाने भएको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय गरेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पुर्‍याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ । गण्डकीमा सभामुखको हस्ताक्षरसहित नेकपा (एमाले)बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । त्यहाँ सरकार बनाउने बहुमत पुर्‍याउन ३१..