रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध

      ४ बैशाख । अल–नासारका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लागेको छ। गत चैत २७ गते मोहम्मद बिन जायद स्टेडियममा सम्पन्न साउदी सुपर कपअन्तर्गत सेमिफाइनलमा अल–हिलालका डिफेन्डर अली अल–बुलाईहीलाई कुहिनाले हानेपछि उनले रातो कार्ड पाएका थिए। यद्यपि, क्लबले साउदी फुटबल फ्रेडेरेसनको अनुशासन समितिलाई रोनाल्डोमाथिको प्रतिबन्ध फिर्ता लिन अपील गरेको छ। उक्त खेलमा अल–नासार २–१ गोल अन्तरले पराजित भएको थियो। रोनाल्डोले खेलको ८६औँ मिनेटमा अलीलाई अनावश्यक रूपमा कुहिनोले..

अमेरिकी राजदूत डीन गोरखाको उत्तरी भेगमा

४ बैशाख । नेपालका लागि अमेरिकी राजदूत डीन थम्सन गोरखाको उत्तरी भेग पुगेका छन् । उनी नेतृत्वको टोली आजै बिहान सो क्षेत्रमा पुगेका हुन् । टोलीले सांसद राजेन्द्र बजगाइसहित स्थानीयसँग अन्तरक्रिया गरेका थिए । उत्तरी गोरखाको धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको अवलोकन गरी टोली फर्किएको थियो । राजदूतसहितको टोलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा स्थानीयसँग जानकारी लिएको थियो । त्यसैगरी स्थानीय पर्यटनका सम्भावनाका बारेमा पनि छलफल भएको थियो ।

काश्मिरमा डुंगा पल्टिँदा १५ जना बेपत्ता

४ बैशाख । भारत प्रशासित काश्मिरमा मंगलबार एउटा नदीमा डुंगा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुंगा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए । काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार..

काचो सुन भन्दै नक्कली सुन बेच्ने गिरी पक्राउ

४ बैशाख, झापा । इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुन देखाई ठगी गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार दिउँसो बिर्तामोडस्थित शनिश्चरे रोडबाट जाल्पागुडी सिलिगुडीका ५४ वर्षीय शेर बहादुर गिरीलाई पक्राउ गरेको हो । गिरीले झापा बुद्धशान्ति २ बस्ने ४५ वर्षीय सविता सिटौलालाई काचो सुन भन्दै ललाई फकाई ६० हजार रुपैयाँमा विक्री गरेका थिए । बिर्तामोडको शनिश्चरे रोडमा गिरीले सिटौलालाई ठगी गरेपछि तत्कालै इप्रका अनारमनीमा जानकारी गराइएको..

बिर्तामोडमा प्रतिबन्धित लागूऔषधसहित होटल कामदार पक्राउ

४ बैशाख, झापा । झापाको बिर्तामोड बसपार्कमा प्रतिबन्धित लागूऔषधसहित एक होटल कामदार पक्राउ परेका छन् । सोमबार दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजमा प्रतिबन्धित औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । उक्त होटलमा पुगी चेकजाँच गर्दा होटलको काउन्टरमा विभिन्न प्रतिबन्धित औषधीहरु फेला परेको थियो..

रौतहट नाकाबाट २४ लाख भन्दा बढीको अवैध सामान बरामद

४ बैशाख । प्रहरी गस्ती टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ । गत चैत २४ गते देखि बैशाख ३ गतेसम्म २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता कपडा, किराना खाद्यन्ह, पशु चौपाया र बन बाट ल्याएको अवैध काठ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा..

बैशाख ७ देखि ‘छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिता’

३ बैशाख, झापा । दमक –लखनपुर भेट्रान क्लवको आयोजनामा यहि बैशाख ७ गतेदेखि शुरु हुने छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । बैशाख ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लवले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । कमल –५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा हुने सो प्रतियोगितामा पूर्वका चर्चित १८ टिमको सहभागिता रहने जनाईएको..

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

३ बैशाख । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङविरुद्ध फराकिलो जित हासिल गरेको नेपालले एक खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले तीन खेलमा तीन जित हासिल गर्दै ६ अंक बटुलेको छ । समूहबाट दुईवटा टिम सेमिफाइनलमा जानेछन् । आजै भएको खेलमा कतारले मलेसियालार्ई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो । साउदी अरब, कतार र हङकङले तीन–तीन खेलेर एक..

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित

३ बैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले..

बिना जानकारी विदेश नजान सांसदहरूलाई ओलीको निर्देशन

३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् । उनले कतिपय सांसदहरू बाहिर जाँदा दलका नेता र प्रमुख सचेतकलाई थाहा नै हुन छाडेको भन्दै त्यस्तो बेला कोही फसेमा पार्टी जिम्मेवार नहुने बताए । ‘प्रदेशमा मात्र होइन यही पनि त्यस्तो देखिएको छ । पछि..