समाचार
अर्थ सहसचिव शाक्यलाई दिइयो धतोपत्र बोर्डको जिम्मेवारी
४ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् । अहिले अर्थ मन्त्रालयबाट शाक्यले बोर्ड सञ्चालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व..
किराँत धर्म गुरु आत्मनन्दसँग आशीर्वाद लिन आश्रम पुगे शेखर कोइराला
४ बैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रम पुगेका छन् । उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुगेका कोइरालाले मंगलबार माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेका हुन् । कोइरालासँगको भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए । लिङ्देनले शेखरलाई कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला ३ पटक..
वैशाख ६ र ७ गते ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन हुँदै
४ बैशाख । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्नेभएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । उहाँले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका..
इलाम–२ उपनिर्वाचन- मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९
४ बैशाख । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक..
१४ लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्ध आईपीभी खोप लगाइँदै
४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तभित्रै १४ लाखभन्दा बढी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाउन अर्को बृहत् खोप अभियान संचालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असार मसान्तसम्ममा देशभरिका १४ लाखभन्दा बढी बालबालिकालाई एकै पटक इनएक्टिभेटेड पोलियो (आईपिभी) भ्याक्सिन दिने भएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेकलाल कर्णले बताए। नेपालमा सन् २०१४ मा यो भ्याक्सिन लगाउन शुरु गरिएको..
भद्रपुरबाट इलामको सलकपुर जोड्ने सडक कालोपत्रे हुँदै
४ बैशाख, झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक कालोपत्रे भइरहेको छ । सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्रे भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड ६९ लाख ३३ हजार ८२८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो । इन्जिनियर चौधरीले भद्रपुर–फडानी..
रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध
४ बैशाख । अल–नासारका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लागेको छ। गत चैत २७ गते मोहम्मद बिन जायद स्टेडियममा सम्पन्न साउदी सुपर कपअन्तर्गत सेमिफाइनलमा अल–हिलालका डिफेन्डर अली अल–बुलाईहीलाई कुहिनाले हानेपछि उनले रातो कार्ड पाएका थिए। यद्यपि, क्लबले साउदी फुटबल फ्रेडेरेसनको अनुशासन समितिलाई रोनाल्डोमाथिको प्रतिबन्ध फिर्ता लिन अपील गरेको छ। उक्त खेलमा अल–नासार २–१ गोल अन्तरले पराजित भएको थियो। रोनाल्डोले खेलको ८६औँ मिनेटमा अलीलाई अनावश्यक रूपमा कुहिनोले..
अमेरिकी राजदूत डीन गोरखाको उत्तरी भेगमा
४ बैशाख । नेपालका लागि अमेरिकी राजदूत डीन थम्सन गोरखाको उत्तरी भेग पुगेका छन् । उनी नेतृत्वको टोली आजै बिहान सो क्षेत्रमा पुगेका हुन् । टोलीले सांसद राजेन्द्र बजगाइसहित स्थानीयसँग अन्तरक्रिया गरेका थिए । उत्तरी गोरखाको धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको अवलोकन गरी टोली फर्किएको थियो । राजदूतसहितको टोलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा स्थानीयसँग जानकारी लिएको थियो । त्यसैगरी स्थानीय पर्यटनका सम्भावनाका बारेमा पनि छलफल भएको थियो ।
काश्मिरमा डुंगा पल्टिँदा १५ जना बेपत्ता
४ बैशाख । भारत प्रशासित काश्मिरमा मंगलबार एउटा नदीमा डुंगा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुंगा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए । काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार..
काचो सुन भन्दै नक्कली सुन बेच्ने गिरी पक्राउ
४ बैशाख, झापा । इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुन देखाई ठगी गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार दिउँसो बिर्तामोडस्थित शनिश्चरे रोडबाट जाल्पागुडी सिलिगुडीका ५४ वर्षीय शेर बहादुर गिरीलाई पक्राउ गरेको हो । गिरीले झापा बुद्धशान्ति २ बस्ने ४५ वर्षीय सविता सिटौलालाई काचो सुन भन्दै ललाई फकाई ६० हजार रुपैयाँमा विक्री गरेका थिए । बिर्तामोडको शनिश्चरे रोडमा गिरीले सिटौलालाई ठगी गरेपछि तत्कालै इप्रका अनारमनीमा जानकारी गराइएको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७