जसपाले दुई मन्त्रालय नपाएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलायो

९ बैशाख । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा बुझाएका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए । तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन..

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर आठ वर्षीय बालकको मृत्यु

९ बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दागपास्थितमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कालुबहादुर लिम्बूको आठ वर्षीय छोरा सुदिप छन् । शनिबार राति आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

झापामा कारको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु

९ बैशाख । झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिवार राति १०ः३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१००१–००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको थियो । टाउको र दुबै हात खुट्टामा चोट लागेर गंभीर घाईते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु..

नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ती १६ अर्ब २१ करोड

९ बैशाख, झापा । झापाको बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ती १६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । साकोसले चैत मसान्तसम्मको जारी गरेको बित्तिय विवरण अनुसार सहाराको कुल सम्पत्ती १६ अर्ब २१ करोड २५ लाख ८९ हजार ७७८ रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाले बाह्य ऋण शुन्य प्रतिशतमा झारेको छ । सहकारी विभागको जारी निर्देशन अनुसार साकोसले चैत मसान्तसम्मको जारी..

युक्रेन, इजरायल र इन्डोप्यासेफिक क्षेत्रका लागि ९५ बिलियन डलरको सहायता अमेरिकी संसदबाट पास

९ बैशाख । अमेरिकाको संसदले युक्रेन, इजरायल लगायतका देशहरुलाई सैन्य सहयोग गर्नका लागि ९५.३ बिलियन डलर बराबरको सहायता प्याकेजलाई मन्जुरी दिएको छ । न्यूयोर्क पोष्टका अनुसार तल्लो सदनले अलग–अलग सहयोग प्याकेजलाई मन्जुरी दिएको हो । यो सहयोग प्याकेज अधिकांश प्रत्यक्ष सैन्य सहायतासँग सम्बन्धित छ । तल्लो सदनले पास गरेको सहयोग प्याकेज अब माथिल्लो सदनमा पेश हुनेछ । त्यहाँबाट पनि पास भएर कार्यान्वयन प्रक्रियामा जान अझै करिब एक हप्ता लाग्ने अनुमान..

टंक राई स्मृति भेट्रान कपः इलाम, बिराटनगर र झिलझिले दोस्रो चरणमा

९ बैशाख, झापा । झापाको कमलमा जारी छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ को शनिबारको दुई खेलबाट क्रमशः इलाम भेट्रान र युनाइटेड भेट्रान बिराटनगर विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन् । धनकुटा भेट्रानले दोस्रो हाफको १९ औँ मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता लिएको थियो । धनकुटाका लागि जर्सी नम्बर ११ का युवराज श्रेष्ठले दोस्रो हाफको २२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका..

चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

९ बैशाख । चेल्सीमाथि कठिन जित हासिल गर्दै साविक विजेता म्यान्चेस्टर सिटी एफए कपको उपाधिनजिक पुगेको छ। वेम्बलीमा शनिबार राति सम्पन्न खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नार्ड सिल्भाले गरेको गोल नै निर्णायक रह्यो। उनले खेलको ८४औँ मिनेटमा गोल गरेका थिए। अब सिटीले उपाधिका लागि म्यान्चेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीच को विजेतासँग खेल्ने छ। यी दुई टोलीको खेल आइतबार हुने छ।

आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

९ बैशाख । उल्भ्सलाई पराजित गर्दै आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ। मोलिनक्स स्टेडियममा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली आर्सनलले उल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै ३३ खेल खेलेको आर्सनलले ७४ अंक जोडेको छ। एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको सिटीको ७३ र तेस्रोमा रहेको लिभरपुलको ७१ अंक रहेको छ। आर्सनलको जितमा लिओन्ड्रो ट्रोसार्ड र मार्टिन ओडगार्डले गोल गरे। पहिलो हाफको अन्त्यतिर ग्रेब्रियल..

नेपाललाई पराजित गर्दै हङकङ एसीसी इमर्जिङ टिम्स एशिया कपमा

९ बैशाख । नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ। शनिबार सम्पन्न खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो। योसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ। नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए। ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।..

जीवन विकास स्वयमसेवक दिवसको अवसरमा पञ्चमी बजार सरसफाइ साथै डस्टबिन वितरण

८ बैशाख । जीवन विकास स्वयमसेवक दिवसको अवसरमा सरसफाइ गर्नुका साथै डस्टबिन वितरण गरिएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखाको आयोजनामा पञ्चमी बजार सरसफाइ गरी बजारलाई डस्टबिन वितरण गरेको हो । शाखा प्रमुख नगेन्द्र कार्कीका अनुसार लगभग ६० जनाको उपस्थितिमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी डस्बिन वितरण गरेर बजार सरसफाइ गरेको हो । उनले संस्थाका विभिन्न अवसरहरुमा समाजसँग नजिक हुने कार्यहरु गर्ने बताए। कार्यक्रमका प्रमुख..