काई चम्किँदा आर्सनलको शानदार जित

१२ बैशाख । काई हावट्र्जले आफ्नै पूर्वक्लब चेल्सीमाथि दुई गोल गरेसँगै शीर्ष स्थानमा रहेको आर्सनलले इङ्लिस प्रिमियर लिगमा शानदार जित हासिल गरेको छ। एमिरेट्स स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा आर्सनलले पाहुना टोली चेल्सीलाई ५–० गोलले पराजित गरेको हो। आर्सनलको जितमा काई हावट्र्ज र बेन ह्वाइटले २,२ गोल गरे। एक गोल लिओन्ड्र ट्रोसार्डको नाममा रह्यो। जितसँगै आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ। एक खेल कम खेलेको लिभरपुल ७४ अंकसहित दोस्रो..

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

१२ बैशाख । लाजियोसँग पराजित हुँदै युभेन्ट्स कोपा इटालियाको उपाधिनजिक पुगेको छ। स्टेडियो ओलिम्पिकोमा बुधबार राति सम्पन्न दोस्रो लेगमा लाजियोले पाहुना टोली युभेन्ट्सले २–१ गोल अन्तरले पराजित गरेको हो। तर, युभेन्ट्सलाई फाइनल पुग्न पहिलो लेगको नतिजा फलदायी बन्यो। पहिलो लेगमा युभेन्ट्स २–० गोल अन्तरले विजयी भएको थियो। फाइनल प्रवेश गरेको युभेन्ट्सले समग्रमा ३–२ गोल अन्तरको रोमाञ्चक जित हासिल गर्‍यो। खेलको १२औँ मिनेटमा भ्यालेन्टिन कास्टेलानोसले गोल गर्दै लाजियोलाई अग्रता दिलाए। उनले..

राष्ट्रपति पौडेल र कतारका राजा अमिरबिच भेटवार्ता सुरु

११ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतलनिवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ । सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी छन् ।..

नेपाल सरकारले कतारलाई हात्ती उपहार दिने

११ बैशाख । नेपाल सरकारले कतारलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नाम गरेका जोडी हात्ती उपहार दिने भएको छ। कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ उपहार दिइनेछन्। उनीहरुलाई कतार एयरलाइन्सको जहाजमार्फत लगिनेछ। वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिइन लागिएको हो। अहिलेसम्म गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको..

झापामा खैरो हेरोइनसहित एक जना पक्राउ

११ बैशाख, झापा । लागुऔषध खैरो हेरोइनसहित झापामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खन्याबास गाउँपालिका–५ बस्ने २० वर्षीय विनोद तामाङ रहेका छन् । चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा उनको साथबाट प्रहरीले ४३.१५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृषणकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै उनको साथबाट मोवाइल थान १ र नगद रु एक हजार एक सय रूपैयाँ..

मलेसियामा हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु

११ बैशाख । मलेसियामा दुई सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन्। रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्काे हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए। एउटा हेलिकप्टरमा सात जना र अर्काेमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ। सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकप्टरको कारण..

इलाम २ उपनिर्वाचन- दमकमा विधार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ बैशाख, दमक । अनोरास्ववियु इलाम दमक सम्पर्क मञ्चको आयोजनामा दमक स्थित दमक पाथीभरा होटलमा उपनिर्वाचन विशेष विधार्थी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इलाम घर भई हाल दमकमा रहेर अध्ययन अध्यापन गर्ने, रोजगार गर्ने साथै व्यवसाय गर्ने युवा विधार्थी साथै व्यावसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अनोरास्ववियु इलाम दमक सम्पर्क मञ्चको अध्यक्ष शुक्र फागोको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथी केन्द्रीय कमिटी..

घाँटीको सिक्री थुतेर भाग्दै गरेको अवस्थामा चोर पक्राउ

११ बैशाख, झापा । पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्ने एकजनालाई प्रहरीले झापाको चारआलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१३ तेलीबारीका ३९ वर्षीय दिवस राजवंशी रहेका छन् । मेचीनगर–१२ निवासी रचना आङदम्बेले घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर राजवंशी फरार भएका थिए । पीडितले लगत्तै प्रहरीमा उजुरी दिएकी थिइन् । खोजतलासका क्रममा राजवंशीलाई साइकलमा चढेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ..

केमिकल बोकेको ट्रकमा आगलागी

११ बैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार बिहान आगलागी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो ।  केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो..

एकैदिन २७ सय घट्यो सुनको मूल्य

११ बैशाख । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको..