बार्सिलोनालाई पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

५ बैशाख । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बााहिरिएको छ। मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा पाहुना टोली पीएजीसँग ४–१ गोल अन्तरले पराजित हुँदै बार्सिलोना अन्तिम ८ बाटै बाहिरिएको हो। पहिलो लेगमा पीएसजी ३–२ गोल अन्तरले पराजित भएको थियो। समग्रमा बासिलोनामाथि पीएसजीले ६–४ गोल अन्तरको जितसहित अन्तिम चारमा स्थान बनायो। पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गर्दा ओसमान डेम्बेले र..

मधेश सरकारबाट बाहिरियो लोसपा

  ४ वैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो । दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको..

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने विषयमा सरोकारवालासँग छलफल

४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई कारबाही गर्ने विषयमा सरोकारवालासँग छलफल थालेकी छन् । राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने विषयमा मन्त्री श्रेष्ठले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग छलफल गरेकी हुन् । छलफलमा शिक्षा मन्त्रीले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोग माग गरिन् । ‘शिक्षा क्षेत्रबाट दलीय राजनीति हटाउने विषयमा त आम सहमति जस्तै भइसकेको छ..

अर्थ सहसचिव शाक्यलाई दिइयो धतोपत्र बोर्डको जिम्मेवारी

  ४ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् । अहिले अर्थ मन्त्रालयबाट शाक्यले बोर्ड सञ्चालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था संशोधन गरिएसँगै शाक्यले अध्यक्षको हैसियत पाएका हुन् । संशोधित व्यवस्थामा बोर्ड अध्यक्ष पद रिक्त रहे मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व..

किराँत धर्म गुरु आत्मनन्दसँग आशीर्वाद लिन आश्रम पुगे शेखर कोइराला

४ बैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रम पुगेका छन् । उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुगेका कोइरालाले मंगलबार माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेका हुन् । कोइरालासँगको भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए । लिङ्देनले शेखरलाई कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला ३ पटक..

वैशाख ६ र ७ गते ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन हुँदै

४ बैशाख । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्नेभएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । उहाँले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका..

इलाम–२ उपनिर्वाचन- मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९

४ बैशाख । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक..

१४ लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्ध आईपीभी खोप लगाइँदै

४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तभित्रै १४ लाखभन्दा बढी बालबालिकालाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाउन अर्को बृहत् खोप अभियान संचालन गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असार मसान्तसम्ममा देशभरिका १४ लाखभन्दा बढी बालबालिकालाई एकै पटक इनएक्टिभेटेड पोलियो (आईपिभी) भ्याक्सिन दिने भएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेकलाल कर्णले बताए। नेपालमा सन् २०१४ मा यो भ्याक्सिन लगाउन शुरु गरिएको..

भद्रपुरबाट इलामको सलकपुर जोड्ने सडक कालोपत्रे हुँदै

४ बैशाख, झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक कालोपत्रे भइरहेको छ । सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्रे भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड ६९ लाख ३३ हजार ८२८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो । इन्जिनियर चौधरीले भद्रपुर–फडानी..

रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध

      ४ बैशाख । अल–नासारका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लागेको छ। गत चैत २७ गते मोहम्मद बिन जायद स्टेडियममा सम्पन्न साउदी सुपर कपअन्तर्गत सेमिफाइनलमा अल–हिलालका डिफेन्डर अली अल–बुलाईहीलाई कुहिनाले हानेपछि उनले रातो कार्ड पाएका थिए। यद्यपि, क्लबले साउदी फुटबल फ्रेडेरेसनको अनुशासन समितिलाई रोनाल्डोमाथिको प्रतिबन्ध फिर्ता लिन अपील गरेको छ। उक्त खेलमा अल–नासार २–१ गोल अन्तरले पराजित भएको थियो। रोनाल्डोले खेलको ८६औँ मिनेटमा अलीलाई अनावश्यक रूपमा कुहिनोले..