नेपालले आज इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्दै

८ वैशाख । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल सवा ४ बजे सुरु हुनेछ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालले इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्न लागेको हो । पहिलो, दोस्रो र तेस्रो हुने टिमले मात्रै इमर्जिङ टिम्स कप खेल्न पाउने भएकोले नेपालले हङकङलाई पराजित गर्नुपर्नेछ । घरेलु टोली ओमान र यूएई भने प्रिमियर कपको फाइनल प्रवेशसँगै..

गण्डकीमा हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी

८ बैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा मन्त्रीको शपथ लिएका थिए । गण्डकी प्रदेश सरकारमा नौवटा मन्त्रालय..

अल नासारको सहज जित

८ बैशाख । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उपस्थितिबिनै अल नासारले साउदी प्रो लिगमा अल फेहामाथि सहज जित हासिल गरेको छ। अल–अवल पार्कमा शुक्रबार राति भएको खेलमा नासारले पाहुना टोली फेहालाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलको छैटौँ मिनेटमै फेसन सकलाको गोलमार्फत फेहाले शुरूआती अग्रता बनाएको थियो। उनले एन्थोनी नाडुजोर न्वाकेमेको पासमा गोल गरे। ४२औँ मिनेटमा मानेले पेनाल्टी मिस गर्दा नासार खेलमा फर्किन सकेन। ७२औँ मिनेटमा अब्दुल्लाह अल आमरीले गोल..

निर्वाचन आयुक्तको टोलीद्वारा इलाम क्षेत्र नम्बर २ को अनुगमन

७ वैशाख । निर्वाचन आयुक्त रामप्रसाद भण्डारी समेतको उच्च पदस्थ अधिकारीहरूको टोलीले आसन्न प्रतिनिधिसभा सदस्य उप-निर्वाचन हुन लागेको इलाम क्षेत्र नम्बर २ को बिहीबार अनुगमन गरेको छ । उप-निर्वाचनलाई स्वच्छ, शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको ताजा अवस्थाका सम्बन्धमा जानकारी लिने क्रममा निर्वाचन आयुक्त भण्डारी, गृह सचिव एक नारायण अर्याल, रक्षा सचिव किरण राज शर्मा, प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान..

उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गराउन आयोगद्वारा सहयोगको आग्रह

७ वैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ । उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने..

एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त

७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो। नेपालका..

हसिना खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन् । सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन..

गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

७ वैशाख । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई गराएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापहरुप्रति असहमति रहेको उल्लेख गरेको छ । सर्वोच्चले..

एसीसी प्रिमियर कप- नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

७ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराको अर्धशतक बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

भारतमा वृद्धवृद्धा र अपांगतालाई घरबाटै मतदानको व्यवस्था

७ वैशाख । भारतले पहिलोपटक वृद्धवृद्धा र अपांगता भएकालाई घरबाटै मतदानमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ। निर्वाचन आयोगका अधिकारी वृद्धवृद्धा र अपांगता भएकाको घरमा आफैँ गएर ब्यालेट पेपर जम्मा गर्न जुटेका छन् । भारतमा ८५ देखि ९९ वर्ष उमेर समूहका ८२ लाख मतदाता रहेका छन् । भारतमा १८औँ लोकसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा २१ प्रान्तका १०२ सिटको लागि मतदान भइरहेको छ ।