विर्तामोडमा दुई लाख १५ हजार सहित ११ जना जुवाको खालबाट पक्राउ

विर्तामोडमा दुई लाख १५ हजार सहित ११ जना जुवाको खालबाट पक्राउ


२५ असोज, झापा । गएराति झापाको बिर्तामोड–८ किसनभिट्टास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–८ का ३५ वर्षीय कालीप्रसाद राजवंशी, ५३ वर्षीय भानु दाहाल, ४६ वर्षीय राजन भट्टराई, ३१ वर्षीय दिलिपप्रसाद राजवंशी, ५० वर्षीय ओमनाथ उप्रेती, २५ वर्षीय निरज रोक्का, २९ वर्षीय मनिष पौडेल, ३५ वर्षीय कुबेर मैनाली, २६ वर्षीय मनोज पौडेल, ३७ वर्षीय स्वस्तिक ओली र ३० वर्षीय प्रितम उप्रेती रहेका छन् ।

प्रहरीका अनुसार राति करिब १० बजे ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूको साथबाट एक बुङ तास, नगद २ लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।

हाल पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर