समाचार
बंगबन्धु कप कबड्डी- नेपालको लगातार तेस्रो जित
१७ जेठ । बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७-४५ ले पराजित गरेको हो । उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए । नेपालले यसअघि मलेसिया र पोल्याण्डलाई पराजित गरेको थियो । नेपालले बिहीबारै बेलुका इन्डोनेसियासँग चौथो खेल खेल्नेछ । यस्तै समूहको..
माधवजी अर्को गठबन्धनमा जाने सम्भावना छैन- प्रचण्ड
१७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान गठबन्धन बाहिर नजाने जिकिर गरेका छन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विपक्षी दलहरूको बैठकमा सहभागी भएको बारे सञ्चारकर्मीसँग कुरा गर्दै विहीबार बिहान प्रचण्डले भने, ‘माधवजीको त्यस्तो हुने संभावना छैन ।’ बिहीबार बिहान प्रचण्डलाई भेट्न झलनाथ खनाल बालुवाटार पुगेका थिए । माधव नेपाल असन्तुष्ट रहेका कारण गठबन्धन छाड्न सक्ने चर्चा थियो । तर..
एन्फा एकेडेमीमा छनौट भएका खेलाडीलाई मासिक ८ हजार दिने शिवसताक्षी नगरको घोषणा
१७ जेठ, शिवसताक्षी । शिवसताक्षी नगरपालीकाले एन्फा एकेडेमीमा छनौट भएका नगरका दुई खेलाडीलाई मासिक ८ हजार दिने घोषणा गरेको छ । मङलबार शिवसताक्षी नगर खेलकुद बिकास समितिले आयोजना गरेको एन्फा एकेडेमीमा छनौट हुन सफल यु१३ का दुई खेलाडी सम्मान तथा बिधाइ कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख मेगाहाङ थोप्राले यस्तो घोषणा गरेका हुन । उनले भने शिवसताक्षी नगरपालीका कृषि र पर्यटन क्षेत्रमा जिल्लाको अब्बल पालिका भएको र खेलकुद क्षेत्रमा पनि यस..
सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
१७ जेठ । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको थियो । प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । जिपमा ८ जना रहेको अनुमान प्रहरीले गरेको छ । मृतकको सनाखत हुन..
हजिरी जमानीमा छुटे कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया
१७ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हजिरी जमानीमा हिरासतमुक्त भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको हो। जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकारीले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरेको बताएका छन्। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ ९१० मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ। ८..
विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै
१७ जेठ । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो । अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप..
खेलकुद पूर्वाधारका लागि १ अर्ब ३० करोड बजेट
१६ जेठ । सरकारले युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेका खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेका हुन् । पूर्वाधार विकास अन्तर्गत क्रिकेट रंगशाला निमार्णलाई बजेटमा प्राथमिकता दिइएको छ । जसअन्तर्गत काठमाडौंमा रहेको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाबाबु क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना..
कोशीका पूर्वमुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याउनेमा
१६ जेठ, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइने भएको छ । कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।
यसरी साङ्ला विश्वभर फैलियो- गृहखबर
१६ जेठ । खाटको घर्रा होस् वा दराजको । भान्साको चेप होस् वा बाथरूमको, साङ्ला हामीले देखिरहेका हुन्छौँ । ६ खुट्टे यस किरालाई जति नै पिटे पनि हत्तपत्त मर्दैन । किटनाशक छर्किएर मारे पनि एक दुई दिनपछि फेरि उही संख्यामा देखिन थाल्छ । घरका कुनाकुना कब्जा गरेका साङ्लाको उत्पत्ति कहाँबाट भयो र विश्वभर कसरी फैलियो त ? अनुसन्धानकर्ताहरूले यसबारे रोचक तथ्य फेला पारेका छन् । हालै प्रकाशित भएको एक अध्ययनले..
१३ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित ४ जना पक्राउ
१६ जेठ । बारा प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एक भारतीयसहित चारजना छन् । बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । डीएसपी न्यौपानेका अनुसार पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका –६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७