समाचार
गृहमन्त्री जिम्मेवार नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्छ- गगन थापा
२० जेठ । कांग्रेस महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन पनि आग्रह गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा महामन्त्री थापाले विशेष समयमा बोल्दै सहकारी ठगी प्रकरण मोड्नलाई गृहमन्त्री रवि लामिछानेले हुँदै नभएको विषयमा अभिव्यक्ति दिएको बताए..
काठमाडौंको गेस्टहाउसबाट ७२ लाखसहित २ जना पक्राउ
२० जेठ । काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा घर भई न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही ठाउँका २९ वर्षीय खेमराज विश्वकर्मा छन् । हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो। काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका..
पाँच महिनामा ५ लाखमाथि पर्यटक आगमन
२० जेठ । सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् । योसँगै जनवरीबाट मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । बोर्ड निर्देशक मणिराज लामिछानेका अनुसार यस वर्ष पहिलो स्थानमा भारतीय नागरिक आगमन भएको छ । दोस्रो स्थानका लागि..
इलाममा आमा छोराले गरे झुन्डिएर आत्महत्या
२० जेठ । इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् । इलामका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दुवै जनाले घरको दलिनमा डोरीको पासो लागेर झुन्डिएको फेला परेको जानकारी दिए । घरमा आमा छोरा मात्रै बस्ने गर्दथे । ‘बुबा चाहिँ ज्याला मजदुरी गर्न एक महिना अगाडि नै बाहिर..
मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
२० जेठ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ । ‘हामी आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३..
टी-२० विश्वकप- जोन्सको विष्फोटक ब्याटिङमा अमेरिकाको विजयी सुरुआत
२० जेठ, अमेरिका । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट..
नेपाली क्रिकेट टोलीलाई अमेरिकामा एनआरएनएको स्वागत
२० जेठ, टेक्सास (अमेरिका) । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ अमेरिकाले पहिलोपटक आईसीसी..
१ करोड रुपैयाँसहित सुनसरीबाट एकजना पक्राउ
२० जेठ । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउन पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको जानकारी दिए । बरामद भएको रकममा १ हजार दरको नोट ९..
चन्द्रमाको दक्षिणी ध्रुवमा चिनियाँ मानवरहित यान अवतरण
२० जेठ । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् । चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’ मे ३ बाट चीनले सुरु गरेको यो अभियानको उद्देश्य..
शिबसताक्षीमा फुटबलर प्रिती राई नगद ५५ हजार र सम्मानपत्रले सम्मानित
२० जेठ । नेपाली महिला राष्ट्रिय फुटबलर प्रिती राई झापाको शिबसताक्षी–११ झिलझिलेमा नगदसहित सम्मानित भएकी छन् । किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद ५५ हजारसहित सम्मान–पत्रद्धारा सम्मानित भएकी हुन् । उनलाई किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले रु ३८ हजार ७ सयसहित सम्मानपत्रले कार्यक्रममा सम्मान गरिएको थियो । यायोक्खा, शिबसताक्षी नगर समितिका अध्यक्ष पशुराम रिङगालुङ राईको अध्यक्षताम भएको कार्यक्रममा प्रिती..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७