बजेटमा कमजोरी भेटिए आलोचना गर्न सकिन्छ- ओली

१९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा पेश गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सकिने बताएका छन् । शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै ओलीले आफ्नो क्षेत्रमा अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सकिने बताएका हुन् । उनले भने– ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो..

राष्ट्रियसभाको बैठक भोलि बस्ने

१९ जेठ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक भोलि बस्ने भएको छ । संसद् सचिवालयले भोलि दिउसो १ः१५ मा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार भोलिको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ । त्यसैगरी माननीय उद्योग, वाणिज्य..

श्रमाधान रोजगार मेलाको मन्त्री अर्यालले गरे उद्घाटन

१९ जेठ । मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते दुई दिन चल्ने श्रमाधान रोजगार मेलाको उद्घाटन आज श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरेका छन् । मेला उद्घाटन गर्दै मन्त्री अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरू मधेस प्रदेशका उद्योगीहरूलाई आग्रह गरेका छन् । शनिबार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेसमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेसबाट ठुलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य..

एमाले संसदीय दलको बैठक सुरु

१९ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बसिरहेको छ । बैठकमा सरकारले संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको एमाले प्रमुख सचेतक महेश वर्ताैलाले जानकारी दिए । बजेटबारे पूर्व अर्थमन्त्री युवराज खतिवडा, पार्टी महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेलले सांसदहरुलाई प्रशिक्षण दिँदैछन् । उनीहरुको प्रशिक्षणपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन..

च्याम्पियन्स लिगको फाइनलमा आज डर्टमन्डले रियलको सामना गर्दै

१९ जेठ । शनिबार राति (नेपालमा आइतबार बिहान) च्याम्पियन्स लिगको फाइनलमा अन्डर डग बोरुसिया डर्टमन्डले कीर्तिमानी विजेता रियल मड्रिडको सामना गर्दैछ । आजको खेल जिते जर्मन क्लबको प्रतियोगिता जित्ने २७ वर्षको प्रतीक्षा अन्त्य हुनेछ । उता लस ब्लाङ्कोस भने रेकर्ड १५ औँ उपाधि जित्ने तरखरमा छ । डर्टमन्डले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनलाई पाखा लगाउँदै वेम्बलेको टिकट बुक गरेको थियो । उता, कार्लाे एन्चेलोटीको टोलीले बायर्न म्युनिखलाई हराउँदै ‘अल–जर्मन’ फाइनल हुनबाट रोकेको..

ट्रम्पले अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने

१९ जेठ । ‘हश मनी’ मुद्दामा दोषी ठहर भएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन् । आफ्नो ४० मिनेटको भाषणमा ट्रम्पले यो निर्णयविरुद्ध अपिल गर्ने तयारी गरिरहेको पुष्टि गरेका थिए । उनले भने, ‘हामी यस निर्णयको विरुद्धमा पुनरावेदन गर्न जाँदैछौं। हामी यसको विरुद्ध धेरै तहमा पुनरावेदन गर्नेछौं।’ ट्रम्पले अब राष्ट्रपति चुनाव लड्न पाउलान् ? न्यायमूर्ति जुआन मार्चेनको मनोवृत्तिमाथि प्रश्न गर्दै उनले भने, ‘हामीलाई साक्षीहरू पेश गर्न दिइएन,..

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा

१९ जेठ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा..

काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी

१९ जेठ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका नागरिकले ७ दिनभित्र काठमाडौँ..

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

१९ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् । गएराति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन् । उजुरीरजाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिए । गृहमन्त्री लामिछानेले..

एमाले संसदीय दलको बैठक बस्दै

१९ जेठ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ । पछिल्लो समय सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलहरूसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरङ्ग पैदा भएको..