नेपालले चारदेशिय फुटबल प्रतियोगिता खेल्ने

१७ जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चारदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । अखिल नेपाल फुटब संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ। ‘लेबनानले यसका लागि हाम्रो टोलीलाई पनि निमन्त्रणा पठाइएको छ । हामीले यस प्रतियोगिताको लागि तयारी थालिसकेका छौं,’ उनले भने । प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने उनले बताए । यस प्रतियोगिताका..

कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै सरकारले कोरोनाविरुद्धको थप खोप ल्याउने

१७ जेठ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोप ल्याउने ६ महिनाअघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याउन लागिएको जानकारी दिए ।..

अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो

१७ जेठ । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको हो । “हाम्रो अनुरोधपछि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई पुनः अन्तर्वार्ताको लागि आज (बिहीबार) अपराह्न बोलाएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते लामिछानेलाई अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको..

रुस–युक्रेनमा मारिएका तीन नेपालीको अस्तु ल्याइँदै

१७ जेठ । रुसको मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा मारिएकामध्ये तीनजनाको अस्तु नेपाल पठाउने भएको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये परिवारको सहमति र दूतावासको पहलमा तीनजनाको रुसमै अन्त्येष्टि गरिएको थियो । परिवारको सहमतिमा रुसमै अन्त्येष्टि गरिएकामा स्याङ्जाका प्रितम कार्की, कास्कीका देवान राई र स्याङ्जाका हरि अर्याल छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तीनजनाको अस्तु अहिले मस्कोस्थित..

नेपालबाट दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात

१७ जेठ । नेपालले दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ । वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत गृहबाट विद्युत उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो । खोला तथा नदीमा पानीको बहाब बढेसँगै..

देशप्रतिको नकारात्मक भाष्यले नेपालीहरूको देश भाव मर्दै छ- प्रधानमन्त्री ‘प्रचण्ड’

१७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशप्रतिको नकारात्मक भाष्यले नेपालीहरूको देश भाव मर्दै गएको बताएका छन् । विराटनगरमा श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै दाहालले देशमा सम्भावना नै सम्भावना भए पनि यहाँ केही छैन भन्ने भाष्य सृजना भएकाले यसलाई चिर्नुपर्ने बताए । यहाँ बसेर के हुन्छ ? भनेर राज्यलाई गाली गर्ने चरित्र बदल्न जरुरी भएको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘केही समयदेखि देशमा यति राम्रो सम्भावना हुँदा हुँदाहुँदै..

बिर्तामोडकी विष्णुमायाको हत्या आरोपमा दुई जना पक्राउ

१७ जेठ । बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ बर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विष्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो । त्यसबारे विस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या..

१३ वर्षीया बालिका करणीको अभियोगमा ५८ वर्षीय सापकोटा पक्राउ

१७ जेठ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त

१७ जेठ । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए । बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा गएपछि अर्याल सदस्य सचिव भएका हुन् । यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परिक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकुल प्रविधिमैत्री..

श्रमाधान रोजगार मेला आजदेखि विराटनगरमा

१७ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा उद्घाटन गर्दैछन् । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ गर्न लागिएको हो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल,..