समाचार
रियलले जित्यो १५औं पटक च्याम्पियन्स लिगको उपाधि
२० जेठ । रियल मड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ। वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न फाइनलमा बोरुसिया डर्टमुन्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे। खेलको ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। टोनी क्रुसको कर्नरमा कार्भाजलले हेडरमार्फत गोल गरेका थिए। त्यसको ९ मिनेटपछि भिनिसियसले गोल गर्दै रियललाई २–० को जित दिलाए। प्रशिक्षक कार्लो एन्सेलोट्टीको..
भलिबलको लागि आवासीय कभर्ड हल बनाइने
१९ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् । शनिबार काठमाडौंमा सुरु भएको आठौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउने विषयमा छलफल भइरहेको बताए । ‘यही बजेटमा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौं । यही पालि भलिबलको लागि एउटा..
यार्सागुम्बा टिप्न गएका २ जनाको मृत्यु
१९ जेठ, मुगु । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा रासस प्रतिनिधिलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा..
सहभागितामुलक बजेट तर्जुमाका लागि राष्ट्रिय युवा संघ झापाको अभियान घोषणा
१९ जेठ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खवरदारी अभियान –२०८१ को घोषणा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघले असार २५ गतेसम्म अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । राष्ट्रिय युवा संघ झापाका अध्यक्ष फुर्वा लामाले अभियानबारे जानकारी दिदैं बजेट नीति तथा कार्यक्रम पारित नहुञ्जेल अभियान सञ्चालन गरिने जानकारी दिएका हुन् । ‘युवाहरुको अगुवाईमा स्थानीय लोकतन्त्रलाई बलियो बनाई..
एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी
१९ जेठ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेको प्रगती अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताए । उनले भने ‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा निकाल्न सकिन्छ..
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
१९ जेठ । झापामा सुपारी प्रशोधनका लागि रु ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि रु ४० लाख अनुदान उपलब्ध गराएको हो । केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई रु पाँच लाखदेखि रु सात लाख ५० सम्म उपलब्ध गराएको जानकारी दिए । लाभग्राहीको २५ प्रतिशत..
गण्डकीसँग एपिएफ पराजित
१९ जेठ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै गण्डकी प्रदेशले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा गण्डकीले एपिएफलाई ३-१ सेटले पराजित गरेको हो। गण्डकीले पहिलो सेट २५-२२ ले जितेको थियो। तर, दोस्रो सेट भने १९-२५ ले गुमायो। तर, तेस्रो र चौथो सेट २५-२० र २५-१९ ले जित्दै गण्डकी विजयी सुरुआत गर्यो।
शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने
१९ जेठ, झापा । झापाको शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले यसवर्ष कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने भएको छ । वडाभित्रका कृषकहरुको घर–आँगनमा सुपारीको बोटले हरभरा बनाउृने उदेश्यका साथ शिबसताक्षी–६ वडा कार्यालयले सुपारीको विरुवा वितरण गर्न भएको हो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाभित्र स्थाई बसोबास गर्ने कृषकहरुका लागि सुपारीको विरुवा बितरण गर्ने वडा समितिको जेठ १७ गते बिहिबार सम्पन्न बैठकले निर्णय गरिएको हो । अध्यक्ष कार्कीले शिबसताक्षी नगरपालिकाको..
स्वर्णिम वाग्ले भन्छन्- युवा विदेशिने क्रम रोक्न स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ
१९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । दमौलीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । वर्षात्मा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद..
भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता- पूर्वराष्ट्रपति भण्डारी
१९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याएकी छन् । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्दै उनले भावि पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्ने बताइन् । “मातृभाषा पत्रकारिताले विश्वव्यापीरूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सिमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्न..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७