काठमाडौंको गेस्टहाउसबाट ७२ लाखसहित २ जना पक्राउ

काठमाडौंको गेस्टहाउसबाट ७२ लाखसहित २ जना पक्राउ

२० जेठ । काठमाडौं महानगरपालिका–७ स्थित एक गेस्टहाउसबाट ७२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा घर भई न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही ठाउँका २९ वर्षीय खेमराज विश्वकर्मा छन् ।

हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो।

काठमाडौं–७ को लुम्बिनी खाजा घर एण्ड गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

बरामद रकमको अहिलेसम्म उनीहरुले स्रोत खुलाउन सकेकाले हुण्डीको कारोबारको रकम भएको आशंका प्रहरीले गरेको छ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर