समाचार
साफ महिला च्याम्पियनसिपको आयोजना नेपालले गर्ने
२१ जेठ । नेपालले साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले नेपाललाई आयोजनाको लागि स्वीकृत दिएको हो। प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफले जनाएको छ। प्रतियोगितामा साफका ७ वटै सदस्य संघको सहभागिता रहनेछ।
महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
२१ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ। एन्फाले सोमबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। त्यस्तै, राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जन नियुक्त भएका छन्। एन्फाका महासचिव किरण राईले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।
बजेट छलफलमा निदाए सांसद चित्रबहादुर केसी
२१ जेठ । सांसद चित्रबहादुर केसीले सत्तापक्षले पेश गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन्। आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताए । उनले भने, ‘यहाँ जति नै उफ्रिए पनि सत्ता पक्षले पेश गरेको बजेट एक सुका एक आना जति भनेपनि तलमाथि गर्न नपाइ, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य..
गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न राप्रपाको माग
२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालयभित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘नारायणहिटी दरबारभित्र रहेको गणतन्त्र स्तम्भ पाँच वर्ष भइसक्यो बनेको । वर्षौंदेखि ताला लगाइ राखिएको छ । त्यो पार्कमा जनतालाई घुम्न, अध्ययन गर्न, विद्यार्थी भाइबहिनीहरूका लागि त्यहाँ घुम्नका लागि वरिपरि विद्यालयहरू भएको हुनाले त्यसको सुचारु..
नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
२१ जेठ । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश गरिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्ने व्यवस्था छ । सोही अनुसार प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन..
प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच भेटवार्ता
२१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो । शीर्ष तीन नेताबीचको भेट पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए । उनले भने, ‘भेट कुनै एउटै एजेण्डा तय भएर भएको होइन । राष्ट्रिय मुद्दाहरुमा साझा सहमति बनाएर जानेबारे छलफल भएको हो ।’ राष्ट्रिय राजनीतिमा..
दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण
२१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा- अवसर, कार्यान्वयन र चुनौती’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । “दलित विद्यार्थीलाई प्राविधिक शिक्षा..
नेकपा एमाले अर्जुनधाराको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित
२१ जेठ । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहेका प्रधान नगर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तारा खतिवडाले ११४ मतमा चित्त बुझाउनु पर्याे । अध्यक्षका अर्का उम्मेदवार लोकनाथ गौतमले ४७ मत प्राप्त गरे । उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मतका साथ विजयी बने । उनले..
बिएन्डसी टिचिङ हस्पिटलमा निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम सञ्चालनमा
२१ जेठ, झापा । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम सञ्चालनमा ल्याएको छ । हस्पिटलमा आइतबार पत्रकार सम्मेलन गरेर आइतबारबाट सुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी दिइएको हो । कार्यक्रमअन्तर्गत नेपाल सरकारले तोकेबमोजिम मृगौलाका बिरामीहरुलाई निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा प्रदान गरिने अस्पतालका सूचना अधिकारी प्रमसि गिरीले जानकारी दिनुभयो । कार्यक्रममा कुनै पनि मृगौलाका बिरामीहरुले निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा लिन पाउने गिरीले बताउनुभयो ।..
नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डीको फाइनलमा
२१ जेठ । केन्यालाई टाइब्रेकरमा पराजित गर्द नेपाल बंगलादेको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनल पुगेको छ। ढाकामा आइतबार भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक सेमिफाइनलमा केन्यालाई अतिरिक्त पाँच रेडमा ९-५ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टोलीले ५०-५० अंक जोडे पछि खेलको छिनोफानो अतिरिक्त पाँच रेडबाट गरिएको थियो । जहाँ नेपालले बाजी मार्यो । नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७