काठमाडौँ महानगरले माग्यो २४१ जना नगर प्रहरी

१९ जेठ । काठमाडौँ महानगरपालिकाले करारमा नगर प्रहरी जवान नियुक्ति गर्ने भएको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले करार सेवामा २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारहरूलाई योग्यता क्रमका आधारमा करार सेवामा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । योग्यता पुगेका नागरिकले ७ दिनभित्र काठमाडौँ..

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

१९ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् । गएराति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन् । उजुरीरजाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिए । गृहमन्त्री लामिछानेले..

एमाले संसदीय दलको बैठक बस्दै

१९ जेठ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ । पछिल्लो समय सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलहरूसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरङ्ग पैदा भएको..

‘यमनलाई जसरी पनि हराउने छौं’- अनन्त तामाङ

१९ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका एक प्रमुख खेलाडी अनन्त तामाङले विश्वकप २०२६/एसियन कप २०२७ छनोटको अन्तिम खेलमा यमनलाई जसरी भए पनि हराउने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने बताएका छन् । छनोटका अन्तिम दुई खेल (युएई र यमनविरुद्ध) को तयारीमा रहेका २६ वर्षीय सेन्टर–ब्याक अनन्तले भने, ‘अहिलेसम्म हामीले एउटा पनि खेल जित्न सकेको छैन । त्यसैले यो छनोटमा सकेसम्म दुई म्याच जित्ने हो । जित्न नसके पनि कसरी हुन्छ रिजल्ट आफ्नो..

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१९ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आजदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १..

कीर्तिमानी आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप

१९ जेठ । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुव्र्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको भनेकी छन् । डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । पुस्तकमा उनले निम्सको..

अल–हिलालले जित्यो किंग्स कप

१९ जेठ । अल–नासरलाई पराजित गर्दै अल–हिलालले किंग्स कपको उपाधि जितेको छ। जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा शुक्रबार राति सम्पन्न खेलमा अल–हिलालले पेनाल्टी सुटआउटमा नासरलाई ५–४  गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। खेलको सातौं मिनेटमै एलेक्जान्डर मिट्रोभले गोल गर्दै हिलाललाई सुरुआती अग्रता दिलाएका थिए। ५६औं मिनेटमा डेभिड ओस्पिनाले रातो कार्ड पाउँदा नासर १० खेलाडीमा समेटियो। ८६औं मिनेटमा हिलालका अली अल –बुलेहीले..

लोसपाले पाँच लाख सदस्यता वितरण गर्ने

१७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डेढ महिनाभित्र पाँच लाख सदस्यता वितरण गर्ने भएको छ । २०८२ मा पार्टीको महाधिवेशन गर्ने लक्ष्यसहित सुरु गरिएको सदस्यता वितरण अभियानमार्फत पाँच लाख सदस्यता वितरण गरिने पार्टीका महासचिव मनिष मिश्रले बताए । लोसपाले जेठ ११ गतेदेखि सदस्यता वितरण अभियान सुरु गरेको छ । मधेश प्रदेशका आठवटा जिल्लामध्ये सात वटामा अभियान सम्पन्न भइसकेको छ । अर्काे चरणमा लुम्बिनी प्रदेश तथा कोशी प्रदेशमा सदस्यता वितरण..

सीआईबीको प्रहरी भन्दै सुन पसल लुट्ने समूहका एकजना पक्राउ

१७ जेठ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भन्दै डाँकाको समूहले सुन पसल लुटपाट गरेको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन पक्राउ परेका हुन् । पक्राउ परेका पाइन यसअघि २९ मंसिर २०७० मा ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परी ४ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । पक्राउ परेका पाइनबाट सुनको जन्तर, मंगलसुत्र, अमेरिकी डलर..

सकर लिगमा एटलान्टा युनाइटेडसँग इन्टर मियामी पराजित

१७ जेठ । साबा लोब्जिनेद्जेले दुई गोल गरेसँगै अमेरिकी सकर लिगमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई पराजित गरेको छ। चेस स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा एटलान्टाले मियामीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। खेलको ४४औं मिनेटमै साबाले गोल गर्दै एटलान्टालाई सुरुआती अग्रता दिलाए। उनले ट्रिस्टन मुयुम्बाको पासमा गोल गरे। ५९औं मिनेटमा ब्रूक्स लेननको पासमा साबाले दोस्रो गोल गरे। तर, ६२औं मिनेटमा लिओनल मेसीले गगोल गर्दै मियामीलाई २-१ को स्थितिमा फर्काए। उनले सर्जियो..