मुख्य समाचार
राष्ट्र संघका महासचिवको सम्मानमा प्रधानमन्त्रीद्धरा रात्रिभोजको आयोजना
११ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत सम्मानमा रात्रिभोज आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरबारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरुका नेताहरुको पनि सहभागीता रहेको थियो । आइतबार महासचिव गुटेरेसले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति..
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट
११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुईजनाबीच भेटवार्ता भएको हो ।
राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
११ कार्तिक, काठमाण्डौँ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्तामा नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनबारे छलफल भइरहेको बुझिएको छ । यसअघि गुटरेसले आज नै उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए ।..
राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल आइपुगे, यस्तो छ भ्रमणतालिका
११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । नेपालको चार दिने भ्रमणका लागि उनी आइतबार बिहान १ बजे नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आइपुगेका उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे। प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इटालीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई..
राष्ट्रसंघका महासचिव पछि कतारका राजा नेपाल भ्रमण आउदैछन्ः प्रधानमन्त्री प्रचण्ड
१० कार्तिक, काठमाण्ठौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी आउने बताएका छन् । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफू नेतृत्वको सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताए । महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार राति नेपाल आउँदैछन् । ’संयुक्त राष्ट्रसंघका महासचिव फर्केपछि कतारको राजा पनि..
कोशीका मुख्यमन्त्री कार्कीलाई सकसः माथीको कुरा सुन्ने की एमालेलाई साथ राख्ने
११ कार्तिक, विराटनगर । केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको दबाबका कारण कोशीका मुख्यमन्त्री केदार कार्कीलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । दसैँअगाडि नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि शीर्ष नेताहरूको दबाबका कारण उनले मन्त्री थप्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तारका लागि थप छलफल गर्न कार्की पुनः काठमाडौं पुगेका छन् । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस पार्टीमा आफूसहित ८ सांसदको विद्रोहलाई वैधानिकता दिएसँगै माओवादी र समाजवादीलाई सरकारमा भित्र्याएर एमालेलाई चिढ्याउन नचाहेको..
राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित, नेपालले गर्यो पक्षमा मतदान
११ कार्तिक, काठमाण्डौँ । इजरायल र हमासबीच जारी युद्ध २२ औं दिनमा पुगेको छ । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ । यो प्रस्तावको पक्षमा नेपाल सहीतका देशका १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो। न्युयोर्कमा भएको संयुक्त..
मुगुमा एकै परिवारका ४ जना मृत फेला
१० कार्तिक, काठमाण्डौँ । मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका छन् । उनीहरूको सामूहिक हत्या भएको प्रहरीले जनाएको छ । छायानाथ रारा– ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर मृत भेटिएका हुन् । धारिलो हतियार प्रहार गरी रातिको समयमा चार जनाको हत्या गरिएको..
दसैँ बिदामा पनि अदालतहरू खुल्ला रहने
२९ असोज, काठमाण्डौँ । दसैँ बिदामा पनि सर्वाेच्च लगायतका अदालतहरू खुल्ला रहने भएका छन् । केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने सर्वाेच्च अदालतले जनाएको छ । सर्वाेच्च अदालत प्रशासनका अनुसार सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुनेछ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् । सर्वाेच्च अदालतले..
मेरो र गगनको प्रस्ताव अस्वीकार गर्दा कोशीमा अहिलेको अवस्था आयोः विश्वप्रकाश शर्मा
२८ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीको राजनीतिलाई स्थिर बनाउन एमालेसहितको समाधान खोजौं भन्ने आफू र गगन थापाको प्रस्ताव पार्टीले अस्वीकार गर्दा अहिलेको अवस्था आएको दाबी गरेका छन् । उनले आज साँझ सामाजिक सञ्जालमा आफ्नो वक्तव्य राख्दै गठबन्धन कायम राखेरै कोशीमा एमालेसहितको समाधान खोजौं भने पनि संस्थागत निर्णय आफूहरु मान्न बाध्य भएको बताएका छन् । अर्काे गठबन्धन बनाउने भए पनि संस्थागत निर्णय गरौं भन्ने आफूहरुको मत रहे..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७