चियाको निर्यात ८१ प्रतिशतले घट्यो

२१ मंसिर, इलाम । गत आर्थिक वर्ष २०७९/०८० को पहिलो चारमहिनाको तुलनामा पूर्वी काँकरभिट्टा नाका भएर हुने चियाको निर्यात चालु आर्थिक वर्ष ०८०/०८१ को सोहि अवधिमा १८ दशमलव ८१ प्रतिशतले कमि आएको छ । विभिन्न समयमा भएका मजदुर आन्दोलन तथा नेपालमा उत्पादित चिया नेपाली बजारमै खपत र अन्य देशबाट आयात कम भएका कारण नै नेपाली चियाको निर्यात कम भएको अनुमान सरकारी अधिकारीहरुको छ । पछिल्लो समय चिया निर्यात कम हुनुको..

अर्थतन्त्र सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा छुः प्रधानमन्त्री प्रचण्ड

२१ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताए । यसका लागि अझै मिहिनेत गर्नुपर्ने भन्दै उनले अगाडि भने, ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोयष गर्ने तयारी गरिरहेको छु ।’ बुधबार मात्र..

नक्कली भुटानी शरणार्थी प्रकरणः ६ जना कारागार मुक्त

२१ मंसिर, काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा..

एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश

१७ मंसिर, बैतडी । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ । बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछामबाट कर्णाली नदी पार गरेर दैलेख प्रवेश गरेको हो । मध्यपहाडी राजमार्गअन्तर्गत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई कर्णालीले स्वागत गरेको छ । उक्त अवसरमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले..

कोशीका मन्त्रीहरुलाई जिम्मेवारी दिईयोः कानुन मन्त्रीमा इलामका शमशेर राई

१७ मंसिर, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास..

एनसेलको ८० प्रतिशत शेयर बेलायती कम्पनीले किन्यो

१६ मंसिर, काठमाण्डौँ । एनसेलको माउ कम्पनी मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गरेको जनाएको छ । बुधबार मात्रै एनसेलको स्वामित्वमा रहेको ८० प्रतिशत शेयर बेचेर नेपालबाट निस्किने निर्णय गरेको आजियाटाले आज एक बेलायती कम्पनीलाई शेयर बेचेको हो । आजियाटाले बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको हो । सन् २०१६ मा स्विडेनको टेलियासोनेरासँग रेनोल्ड कम्पनीबाट १ खर्ब ४३ अर्बमा किनेर नेपाल भित्रिएको आजियाटाले साढे..

काँकडभिट्टा नाकाबाट तीन महिनामा निर्यात भन्दा पाँच गुणा धेरै तरकारी आयात

११ मंसिर, झापा । झापाको पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२..

सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने

१० मंसिर, काठमाण्डौँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनेको छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिएका हुन् । लगानी सम्मेलन आयोजना गर्नका लागि..

चुलाचुलीमा एमालेको चियापान कार्यक्रम सम्पन्नः उपनिर्वाचनमा एमाले पंति एक भएर लाग्न सन्देश

९ मंसिर, इलाम । नेकपा एमाले चुलाचुली गाउँपालिका कमिटीले आज कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । स्वर्गिय एमाले नेता सुवासचन्द्र नेम्वाङ्को निर्वाचन क्षेत्र रहेको चुलाचुलीमा उपनिर्वाचन लक्षित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरिएको हो । कार्यक्रममा नेकपा एमाले इलामका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । केही समय आगाडी नै गर्ने भनिएको कार्यक्रम विविध कारण हुन सकेको थिए । त्यसलाई समय मिलाएर आज..

अध्यादेश मार्फत कोशीको नयाँ बजेट, ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक पेश

९ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो । यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । उक्त अध्यादेशमा ५०..