मुख्य समाचार
काँकडभिट्टा नाकाबाट तीन महिनामा निर्यात भन्दा पाँच गुणा धेरै तरकारी आयात
११ मंसिर, झापा । झापाको पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२..
सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने
१० मंसिर, काठमाण्डौँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनेको छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिएका हुन् । लगानी सम्मेलन आयोजना गर्नका लागि..
चुलाचुलीमा एमालेको चियापान कार्यक्रम सम्पन्नः उपनिर्वाचनमा एमाले पंति एक भएर लाग्न सन्देश
९ मंसिर, इलाम । नेकपा एमाले चुलाचुली गाउँपालिका कमिटीले आज कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । स्वर्गिय एमाले नेता सुवासचन्द्र नेम्वाङ्को निर्वाचन क्षेत्र रहेको चुलाचुलीमा उपनिर्वाचन लक्षित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरिएको हो । कार्यक्रममा नेकपा एमाले इलामका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । केही समय आगाडी नै गर्ने भनिएको कार्यक्रम विविध कारण हुन सकेको थिए । त्यसलाई समय मिलाएर आज..
अध्यादेश मार्फत कोशीको नयाँ बजेट, ५० करोड थप गर्दै प्रतिस्थापन विधेयक पेश
९ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो । यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । उक्त अध्यादेशमा ५०..
‘मरेको प्रेत’ सरहको राजतन्त्र फेरि फर्कन सक्दैनः केपि ओली
८ मसिर, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजसंस्थालाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले टिप्पणी गरेका हन् । आज युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म शाशन गर्दा नेपालमा राजाहरुले केही पनि नगरेको भन्दै उनले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी गरे । ‘उनले भने..
पाथीभरा मन्दिरमा दशैं–तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आए
७ मंसिर, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दशैं–तिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार ५६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर नै पाथीभराको दर्शनका लागि तीर्थयात्री आउने गरे पनि दशैं–तिहारको समयमा तुलनात्मक रुपमा धेरै दर्शनार्थी पुगेका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए । नवरात्रका समयमा देवीको पूजाआराधना गर्न उपयुक्त मानिने र..
उच्च अदालतका नवनियुक्त ६ जना मुख्य न्यायाधीशद्धरा आज शपथ ग्रहण
७ मंसिर, काठमाण्डौँ । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले आज बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो । उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीश सिफारिस भएका थिए..
युवासंघको बाईक र्यालीमाथी दुर्गा प्रसाईको कार्यकर्ताद्धारा ढुंगामुढा प्रहार
७ मंसिर, काठमाण्डौँ । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ । ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति..
सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजिनामा स्वीकृत
७ मंसिर, काठमाण्डौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेको राजिनामा स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको हो । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि..
झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ
७ मंसिर, विराटनगर । स्थानीय प्रशासनले भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाएको छ । झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो । धार्मिक सभाका लागि भन्दै नेपाल आउन खोज्नेहरुलाई प्रहरीले नाकाबाटै उतै फर्काइरहेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७