जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुग्यो

१८ कार्तिक, काठमाण्डौँ । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ । प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ । प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ । त्यस्तै रुकुम पश्चिममा मृत्यु हुनेको संख्य ३८ जना पुगेको छ भने घाइतेको संख्या ८५ पुगेको छ । शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको..

कोशीमा माओवादीका गणेश उप्रेती र एसका कमल जबेगु मन्त्री नियुक्त, एमाले सरकार छाड्ने तयारीमा

१७ कार्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् । उनीहरुलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्गले शपथ ग्रहण गराएका छन् । उनीहरु बिना विभागीय मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले हिजोमात्र एमालेको गुन नबिर्सिने बताएका थिए । तर, सुरूदेखि नै गठबन्धनलाई मन्त्रिपरिषद्मा समेट्न प्रधानमन्त्री एवम् माओवादी अध्यष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको..

यूएईलाई हराउँदै नेपाल ‘टी—२० विश्वकप क्रिकेट’मा छनोट

१६ कार्तिक, काठमाण्डौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको..

विश्वकप छनोटका लागि नेपालले आज यूएईको सामना गर्दै

१७ कार्तिक, काठमाण्डौँ । आसन्न टी(२० विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपाल समूह एको उप(विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो। बिहीबार..

रिगल भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ

१६ कार्तिक, काठमाण्डौँ । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध भारती मानन्धरले सर्वाेच्च अदालतमा रिट निवेदन दिएकी थिईन् । उक्त रिट निवेदनको सुनुवाई गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले उनलाई तत्काल पक्राउ गरी बाँकी कैद भुक्तान..

रिगललाई पक्राउ गर्न सर्वाेच्च अदालतको आदेशः कैद मिनाहा गर्ने सरकारको निर्णय बदर

१६ कार्तिक, काठमाण्डौँ । सर्वाेच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वाेच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई..

यो सरकारबाट शान्ती–शुरक्षाको आशा गर्न सकिदैँनः विष्णु पौडेल

१६ कार्तिक, काठमाण्डौँ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अहिले दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहँदा पनि सरकार मौन बसेको अरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अपराधीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार उदासिन बनेको बताएका हुन् । ‘हरेक दिनजसो हिंसा, हत्या र बलात्कारका घटनाहरु घटिरहेका छन् । तर, सरकार दोषीहरुलाई दण्डित गर्न, दोषीहरुलाई कानुनको दायरामा ल्याउन र उनीहरुलाई..

सरकारी कार्यालयहरू आजबाट ४ बजेसम्म मात्रै खुल्ने

१६ कार्तिक, काठमाण्डौँ । सरकारी कार्यालयहरू आजबाट अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका छन् । सरकारले कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालनको समय तय गरेको हो । चिसो र दिन छोटो हुने भएकाले हरेक वर्ष यी ३ महिना सरकारी कार्यालय समय ६ घण्टा मात्रै तय हुने गरेको छ ।

पर्यटक आगमनमा नयाँ रेकर्डः एक महिनामै भित्रिए १ लाख १७ हजार

१५ कार्तिक, काठमाण्डौँ । नेपालमा पर्यटक आगमनमा वृद्धि भएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या..

एमालेको चियापान कार्यक्रम सुरु

१५ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा राज्यका विभिन्न ओहदाका व्यक्ति, राजनीतिक दलका नेता, विभिन्न पेशा, ज्यवसायका संलग्न व्यक्ति सहभागी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले चियापान कार्यक्रममा आउने पाहुनालाई सोफामा बसेर स्वागत गरिरहेका छन् ।