पुर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन ओलीको सन्देश

१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्काे निर्णय र अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका छन् । फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी छन् । त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओलीले चर्काे आक्रोश पोखेका छन् । एक पदाधिकारीका अनुसार, २९ साउनमा केन्द्रीय मुख्यालय च्यासलमा बसेको..

पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङको जलजले क्षेत्र (फोटो फिचर)

१ भाद्र, ताप्लेजुङ । पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङ, मैवाखोला गाउँपालिका जलजले हिमाल क्षेत्र तस्विरमा (फोटो रुपेन्द्र वनेम)

ललिता निवास प्रकरणः दुई पूर्व प्रधानमन्त्रीको बयान लिने सीआईबीको तयारी

३० साउन, काठमाण्डौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले दुई जना पूर्व प्रधानमन्त्रीको बयान लिने भएको छ । पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एक जना अधिकृतले बताए । ललिता निवासबारे अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतहरुले पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग आइतबार ६ घण्टाभन्दा लामो समय बयान लिए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्यसचिव थिए ।..

जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय

३० साउन, काठमाण्डौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । पुरानै अवस्थामा कित्ताकाट खुलेको बताईएको छ । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसअघि नै कित्ताकाट खोल्ने..

गठबन्धनको निर्णयः सुन तस्करी अनुसन्धान सीआइबीले नै गर्ने, गौर हत्याकाण्डको छानबिन नगर्ने

२९ साउन, काठमाण्डौँ । सत्तारुढ दलहरुका शीर्ष नेताको बैठकले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको मागलाई अस्वीकार गरेको छ । सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दिएको जानकारीअनुसार एमालेले अनुसन्धान डाइभर्ट गर्नमात्रै यो मुद्दा उठाएको भन्दै नेताहरुले उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका थिए । सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराको पनि बैठकमा..

एक क्विन्टल भनिएको सुन जोख्दा ६० किलोमात्रै भएको पुष्टि

२९ साउन, काठमाण्डौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ । सोमबार टक्सार महाशाखामा नेपाल..

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुबै भाषामा सोध्ने त्रिविको तयारी

१९ साउन, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँसकोटाले बताए । ‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न..

एमालेको किनारामा हिडिरहेका भीम रावल

१३ साउन, काठमाण्डौँ । डेढ वर्षदेखि पार्टीमा भूमिकाविहीन रहेका नेकपा एमालेका नेता भीम रावल गृह जिल्ला अछाम सहित पश्चिम नेपालका केही जिल्ला पुगेर राजधानी फर्किएका छन् । १२ साउनमा मात्रै राजधानी फर्किएका रावलले यसपटक एमालेका केही कार्यक्रम र नेता–कार्यकर्तासँग अन्तरक्रिया गरे । १ साउनमा अछामको साफेबगर नगर कमिटीले गरेको कार्यक्रममा पूर्वउपाध्यक्षको हैसियतमा प्रमुख अतिथि बने । यसको एक साताभित्रै ७ साउनमा अछामकै बयलपाटा अस्पताल परिसर पुगेर रावलले वृक्षरोपण गरे ।..

राजेन्द्र लिङ्देनसँग देउवा–दाहालले गरे सत्ता सहकार्यको प्रस्ताव

१३ साउन, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । ‘कोशीमा मात्रै होइन, सबैतिर सहकार्य गरौं’ लिङ्देनलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव थियो । उच्च स्रोतका अनुसार, संघीय सरकारमा तत्काल आउनेगरी सोच्न प्रधानमन्त्री प्रचण्डले लिङ्देनको प्रस्ताव गरेका थिए । ‘कोशीको मुख्यमन्त्रीमा आलोपालो गरौं, अरु..

कांग्रेस केन्द्रीय समिति बैठकः देउवालाई धन्यवादको ओईरो, खाणको बचाउ

४ साउन, काठमाण्डौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । मंगलबार बैठकको एजेण्डा र विभिन्न प्रतिवेदन पेस भएकोमा आज बुधबार ४६ जना नेताले आआफ्नो धारणा राखेका छन् । दोस्रो दिनको बैठकको सुरुमा प्रदेश सभापति र प्रदेश संसदीय दलका नेताहरुलाई बोल्ने समय दिइएको थियो । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिले आआफ्नो धारणा राखेका थिए भने बैठकमा कोशी प्रदेश सभापतिको सहभागिता थिएन..