बलेनलाई प्रचण्डको जवाफः बोलेर हिँडिहाल्नेसँग मलाई पनि इरिटेसन हुन्छ

२ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन् । ललितपुर महानगरको स्थापना दिवसको अवशरमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्रीले भने, ‘बालेन्द्रजी गइहाल्नुभयो पहिला बोलेर हिँडिहाल्नेसँग पनि मलाई अलि इरिटेसन हुन्छ । आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न चाहिँ नबस्ने, बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म ।’..

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैनः उपसभामुख मगर

२५ मंसिर, काठमाण्डौँ । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी छिन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताइन् । हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने..

पिएचडी गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने माङसेबुङ गाउँपालिकाको निर्णय

मंसिर २४, इलाम । इलामको माङसेबुङ गाउँपालिकाले पिएचडी (विद्यावारिधी) पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गाउँसभाको निर्णय बमोजिम पिएचडी गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । माङसेबुङले कानुन नै बनाएर छात्रवृत्ति दिन लागेको हो । ‘माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन, २०८०’ बमोजिम छात्रवृत्ति दिन लागेको अध्यक्ष राईले बताए । त्यसका लागि गाउँपालिकाले सूचना नै प्रकाशन गरी आवेदन आह्वान गरेको छ । आफ्नो पालिकाबासी नागरिकलाई..

आम्दा अस्पताल सबै शाखाको बैंक खाता रोक्का

मंसिर २४, झापा । अवकाश प्राप्त कर्मचारीले पाउने सुविधाका विषयमा विवाद हुँदा आम्दा अस्पतालको बैंक खाता रोक्का भएको छ । २६ वर्षदेखि काम गरेका कर्मचारीको पारिश्रमिक भुक्तानी विवादमा श्रम कार्यालय झापाले एशोसिएसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल ९आम्दा नेपाल० को बैंक खाता रोक्का गरेको हो । विराटनगर महानगरपालिका–४ का श्यामप्रसाद न्यौपानेले आम्दा नेपालले झापामा सञ्चालन गरेको आम्दा अस्पतालमा काम गरेका थिए । अवकाशपछि पाउनुपर्ने उपदानलगायतका सेवा सुविधा नपाएपछि उनी..

चियाको निर्यात ८१ प्रतिशतले घट्यो

२१ मंसिर, इलाम । गत आर्थिक वर्ष २०७९/०८० को पहिलो चारमहिनाको तुलनामा पूर्वी काँकरभिट्टा नाका भएर हुने चियाको निर्यात चालु आर्थिक वर्ष ०८०/०८१ को सोहि अवधिमा १८ दशमलव ८१ प्रतिशतले कमि आएको छ । विभिन्न समयमा भएका मजदुर आन्दोलन तथा नेपालमा उत्पादित चिया नेपाली बजारमै खपत र अन्य देशबाट आयात कम भएका कारण नै नेपाली चियाको निर्यात कम भएको अनुमान सरकारी अधिकारीहरुको छ । पछिल्लो समय चिया निर्यात कम हुनुको..

अर्थतन्त्र सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा छुः प्रधानमन्त्री प्रचण्ड

२१ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताए । यसका लागि अझै मिहिनेत गर्नुपर्ने भन्दै उनले अगाडि भने, ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोयष गर्ने तयारी गरिरहेको छु ।’ बुधबार मात्र..

नक्कली भुटानी शरणार्थी प्रकरणः ६ जना कारागार मुक्त

२१ मंसिर, काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा..

एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश

१७ मंसिर, बैतडी । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ कर्णाली प्रवेश गरेको छ । बैतडीको झुलाघाटबाट मंसिर १४ गते शुरु भएको अभियान सुदूरपश्चिमको अछामबाट कर्णाली नदी पार गरेर दैलेख प्रवेश गरेको हो । मध्यपहाडी राजमार्गअन्तर्गत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाइ गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई कर्णालीले स्वागत गरेको छ । उक्त अवसरमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले..

कोशीका मन्त्रीहरुलाई जिम्मेवारी दिईयोः कानुन मन्त्रीमा इलामका शमशेर राई

१७ मंसिर, विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास..

एनसेलको ८० प्रतिशत शेयर बेलायती कम्पनीले किन्यो

१६ मंसिर, काठमाण्डौँ । एनसेलको माउ कम्पनी मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गरेको जनाएको छ । बुधबार मात्रै एनसेलको स्वामित्वमा रहेको ८० प्रतिशत शेयर बेचेर नेपालबाट निस्किने निर्णय गरेको आजियाटाले आज एक बेलायती कम्पनीलाई शेयर बेचेको हो । आजियाटाले बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको हो । सन् २०१६ मा स्विडेनको टेलियासोनेरासँग रेनोल्ड कम्पनीबाट १ खर्ब ४३ अर्बमा किनेर नेपाल भित्रिएको आजियाटाले साढे..