मुख्य समाचार

नेकपा माओवादी केन्द्रले गणतन्त्रको रक्षाका निमित्त सडक संघर्ष गर्ने
१४ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले गणतन्त्रको रक्षाका निमित्त सडक संघर्ष गर्ने निर्णय गरेको छ । गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिगमनको विरोधमा काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । माओवादीले विशेष अभियानकै क्रममा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वयको संयुक्त आयोजनामा आगामी मंसिर २२ गते सडक प्रर्दशन गर्ने भएको छ । माओवादीले माताहतका कमिटीमा छ बुँदे परिपत्र..

अन्नपूर्ण आधार शिविर पुगेर राष्ट्र संघका महासचिवले भने ‘जलवायु परिवर्तनकोे असर हेर्न यहाँ आउनु’
१४ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले परेको असर अवलोकनका लागि नेपालका हिमाली क्षेत्रमा आउन सुझाव दिएका छन् । नेपाल भ्रमणका क्रममा आज अन्नपूर्ण आधार शिविर पुगेका उनले जलवायु परिवर्तनका कारण हिम नदीहरु पग्लिरहेको आफूले पाएको बताए । ‘कोप २८ का सहभागीले यहाँ आएर हेर्नुपर्छ,’ अन्नपूर्ण आधार शिविरमा उभिएर उनले भने, ‘हिम नदीहरु छिटो छिटो पग्लिरहेका छन्, जसले बाढी पहिरो ल्याउँछन् ।’ जलवायु परिवर्तन सम्बन्धी..

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्ने
१४ कार्तिक, काठमाण्डौँ । तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ । महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको कक्षको निरीक्षण गरेक थिए । सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४..

को ‘सम्माननीय’, को ‘माननीय’
१३ कार्तिक, काठमाण्डौँ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको सभापति जयन्ती राईले जानकारी दिनुभयो । त्यसले राष्ट्रिय मर्यादा क्रमका सन्दर्भमा उठेको केही मुख्य विषयवस्तुलाई सम्बोधन गरेको छ । विधेयकमा अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई ‘सम्माननीय वा..

संघीय सरकारविरुद्ध बागमती प्रदेश सरकारको सर्वाेच्च अदालतमा रिट दर्ता
१२ कार्तिक, काठमाण्डौँ । बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै बागमती सरकारले संघीय सरकारविरुद्ध आज (सोमबार) सर्वाेच्चमा रिट निवेदन दर्ता गरेको छ । संघीय संसद्ले बनाएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ विरुद्ध प्रदेश सरकारका तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सर्वाेच्चमा रिट निवेदन दर्ता गराएका हुन् । प्रदेश सरकारलाई संविधानले आफ्नो प्रदेशभित्र यातायात व्यवस्थापनको..

टी-२० विश्वकप क्रिकेट छनोटमा नेपालको सुखद सुरुवातः सिंगापुर आठ विकेटले पराजित
१२ कार्तिक, काठमाण्डौँ । अर्काे वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालले आज सोमबार खेलिएको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हरायो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमा दुई विकेट गुमाएर..

गाजामा इजरायली आक्रमणबाट आठ हजार पाँच सय प्यालेस्टिनीको मृत्यु
१२ कार्तिक, काठमाण्डौँ । गाजामा इजरायली आक्रमणबाट आठ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल–हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन..

राष्ट्र संघका महासचिवको सम्मानमा प्रधानमन्त्रीद्धरा रात्रिभोजको आयोजना
११ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत सम्मानमा रात्रिभोज आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस रात्रिभोजमा सरिक भएका छन् । सिंहदरबारमा आयोजित रात्रिभोजमा विभिन्न राजनीतिक दलहरुका नेताहरुको पनि सहभागीता रहेको थियो । आइतबार महासचिव गुटेरेसले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति..

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट
११ कार्तिक, काठमाण्डौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुईजनाबीच भेटवार्ता भएको हो ।

राष्ट्रसंघका महासचिव गुटरेस र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
११ कार्तिक, काठमाण्डौँ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच भेटवार्ता भएको हो । दुई नेताबीचको भेटवार्तामा नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनबारे छलफल भइरहेको बुझिएको छ । यसअघि गुटरेसले आज नै उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए ।..