मुख्य समाचार
नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा
१६ माघ, काठमाण्डौँ । नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गत वर्षभन्दा यसवर्ष केही सुधार भएपनि व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२३ मा नेपाललाई १०० मा ३५ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०८ औं स्थान छ । सीपीआई २०२२ मा नेपाल ३४ अंकसहित ११० औं स्थानमा..
एमालेकी ‘लो प्रो–फाइल’ उम्मेदवार रुक्मिणीको ‘हाई प्रो–फाइल’ जित !
१३ माघ, विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गर्न विराटनगर पुगेकी रुक्मिणी कोइरालालाई धेरैले भने सारै लो प्रो फाइल उम्मेदवार भयो । एक त गठबन्धन त्यसमाथि लो प्रोफाइल उम्मेदवार । के कारणले उनलाई एमालेले उम्मेदवार बनाउने निर्णय गर्याे ? एमालेका नेताहरू नै कुरा गर्थे । राष्ट्रिय सभामा मतदान गर्ने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उप प्रमुखको सङ्ख्या एमालेको भन्दा धेरै थियो । प्रदेश सभामा ९३ मध्ये ४०..
अमेरिकी राष्ट्रपतिमा ट्रम्पको ‘कम ब्याक’ सम्भव होला त !
११ माघ, एजेन्सी । अमेरिकी इतिहासमा राष्ट्रपतिमा निर्वाचितभन्दा बढी चर्चामा आउने पराजित उम्मेदवार कुनै हुन् भने त्यो व्यक्ति निश्चय नै डोनाल्ड ट्रम्प हुन । हुन पनि गएको चार वर्षमा अमेरिकी राष्ट्रपति जो बाइडेनको भन्दा बढी चर्चा र चासो ट्रम्पको रह्यो । कतिपय मुद्दामा त ‘ट्रम्प राष्ट्रपति भएका भए के गर्थे होलान ?’ भन्ने आधारमा पनि विभिन्न कोणबाट व्याख्या र विश्लेषणहरू हुने गरेको छ । खासगरी रुस–युक्रेन युद्ध, अमेरिकी आप्रवासन नीति र सीमा पर्खाल निर्माण,..
राष्ट्रियसभा सदस्यका लागि मतदान जारी
११ माघ, काठमाण्डौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र..
जसपा र जनमतबीच बढ्दो ‘तिक्तता’ किन ?
१० माघ, जनकपुरधाम । जनमतको प्रदेश संसदीय दलको बैठकले ‘मुख्यमन्त्री नियुक्तिका लागि जनमत पार्टीले दिएको समर्थन फिर्ता लिइएको’ पत्र मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ । पत्रको बोधार्थ प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा सचिवालयलाई पनि दिइएको जनमतका संसदीय दलका नेता महेशप्रसाद साहले बताए । जनमतले सरकारलाई दिएको समर्थन फिर्तासँगै शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहलाई फिर्ता बोलाएको छ । दुवै मन्त्रीले..
चिसोका कारण सगरमाथा क्षेत्रमा पर्यटकको संख्या घट्यो
९ माघ, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।” सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको..
नेपालमा पेट्रोलियम पदार्थको खपत घट्दै
८ माघ, काठमाण्डौँ । देशमा पेट्रोलियम पदार्थको खपत खुम्चिँदै गएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षदेखि नै खुम्चिन थालेको पेट्रोलियम पदार्थको आयात र खपतले यो चालू वर्षमा समेत निरन्तरता पाएको हो । जसको असर राजश्वमा देखिएपछि अर्थ मन्त्रालय दबाबमा परेको छ । राजश्वमा आधारित अर्थतन्त्रको मेरुदण्ड नै पेट्रोलियम पदार्थ र पेट्रोलियम सवारी भएपनि चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थसँगै पेट्राल र डिजेलबाट चल्ने सवारीको समेत आयात घटिरहेको हो । जसबाट..
शिक्षामन्त्री राई मौनः अस्तव्यस्त शिक्षा प्रणाली
७ माघ, काठमाण्डौँ । पदबहाली गरेको ९ महिना बिते पनि सार्वजनिक शिक्षादेखि उच्च शिक्षा सुधारका विषयमा शिक्षामन्त्री अशोककुमार राई मौन छन । पदभार ग्रहण गरेको केही सातामा शिक्षामन्त्रीले सञ्चारकर्मीलाई आफू अझै मन्त्रालय बुझ्ने क्रममै रहेको बताएका थिए । त्यसयता उनी शिक्षा सुदृढीकरणदेखि शैक्षिक सबालमा कतै देखा परेका छैनन । औपचारिक कार्यक्रममा पनि कमै सहभागी हुन्छन । मंसिरयता त कानको शल्यक्रिया गरेर धेरै समय आराममा बिताउँदै आएका छन । मंसिर अघिपछि पनि अधिकांश कार्यक्रममा राज्यमन्त्री प्रमिला..
दशगजा मिचेर बनाईएका साढे ५ सय संरचना सशस्त्र प्रहरीले हटायो
६ माघ, काठमाण्डौँ । नेपाल र भारत तर्फको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (दशगजा) मिचेर निर्माण गरिएका साढे ५ सयभन्दा बढी भौतिक संरचना सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । करिव १ वर्षको अवधिमा विभिन्न जिल्लाका ३८ स्थानमा बनाइएका ५ सय ५६ घर, टहरालगायत भौतिक संरचना सशस्त्र प्रहरीले हटाएको हो । यस्ता अनधिकृत संरचना भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र केही ठाउँमा नेपाली पक्षले निर्माण गरेको भेटिएको छ । भारतसँग नेपालको करिब १..
सशस्त्र प्रहरीमा इन्स्पेक्टरबाट डीएसपी बढुवा हुन विपद् व्यवस्थापनमा डिप्लोमा गरेको हुनु पर्ने
६ माघ, काठमाण्डौँ । सशस्त्र प्रहरी बलमा अब प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुन सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययनमा अधिस्नातक डिप्लो (पोस्ट ग्राजुएट डिप्लोमा)मा गर्नुपर्ने भएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने, ‘इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन पोष्ट ग्राजुएट डिप्लोमा इन सेक्यूरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ ।’ यसअघि सशस्त्र प्रहरीमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७