सन् २०२३ मा नेपाल भित्रिए १० लाखभन्दा बढी विदेशी पर्यटक

१५ पुष, काठमाडौँ । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार आज बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् । यो सँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने उल्लेख गरेको..

बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको परिवारलाई जनही १० लाख क्षतिपूर्ति उपलब्ध गराउने

काठमाडौं,१४ पुस । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउने २ युवाको परिवारलाई जनही १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निणर्यबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार  खर्च सरकारले बेहोर्ने निणर्य गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले..

बालकुमारीमा भएको घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङः छिटो र निष्पक्ष छानविन गर्न निर्देशन

१४ पुष, काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । आज शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका हुन् । ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित रहेका थिए।..

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

१२ पुष, धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ उग्रताको सीमा नाघ्दै अघि बढेका छन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले आज आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाइदिए । उनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् । मेयर साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र..

तीन दशकपछि दमक-चिसोपानी सडक निर्माणले तिव्रता पाउने

१२ पुष, माङसेबुङ । पाँचथरमा सडक संजालको असहज महसुस गरेर पाँचथर बाट बसाईसारई लिएर इलामको माङसेबुङमा आउनुभएकी हरीमाया राईले अहिले सम्म पनि सहज सडकको पहुच उपभोग गर्न पाएकी छैनन् । राई सहज सडक उपभोग गर्न पाइन्छ भनेर माङसेबुङमा आएको तर सडकमा गाडि गुड्दा बस्ती नै धुलोले ढाक्ने सास्ती माथि सास्ती थपिएको पिडा पोख्दै अहिले सम्मपनि कालोपत्रे सडकको पर्खाइमा बसिरहेकी छन् । तर उनी जब माङसेबुङ आइन त्यसअघि निमाणर् थालिएको सडक..

राष्ट्रिय राजनीतिमा नेकपा एसको हैसियत र भूमिका नबिर्सन माधव नेपालको चेतावनी

११ पौष, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो नेतृत्वको पार्टीको हैसियत र भूमिका छ भन्ने कुरालाई नबिर्सन अन्य दलहरूलाई चेतावनी दिएका छन् । आज सुरु भएको नेकपा एसको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिको कोर्स चेन्ज गर्ने भूमिका खेलेको र आज मात्रै बसेको समाजवादी मोर्चाको बैठकमा समेत एकीकृत समाजवादीबारे चर्चा भएको बताएका हुन् । उनले सबै कुरासँग सहमत हुन नसक्ने भन्दै..

‘क्रिसमस डे’ को परम्परा र इतिहास

९ पुष । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबभन्दा पहिले ईपू ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवशको अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् । बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको..

अंगदान गर्न नहिचकिचाउः प्रधानमन्त्री प्रचण्ड

७ पुष, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ-आफ्नो ठाउँबाट योगदान गर्न  सम्पूर्ण  नेपालीहरूमा अपील गरेका छन् । आज शनिबार बिहान काठमाडौंमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु- मरेपछि खरानी भएर जाने अंगहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले..

हरेक प्रदेशमा एक स्मार्टसिटी बनाउने प्रधानमन्त्री प्रचण्डको योजना

काठमाडौं, ५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले योजनावद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) सिंहदरबारमा आयोजित सहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले ब्यवस्थित सहर बनाउनुपर्ने बताएका हुन् । “काठमाडौंभित्र व्यवस्थित नमुना सहर बनाएर जानुपर्छ। मेरो दोस्रो कार्यकालमा स्मार्टसिटीको अवधारणा यही सोचका साथ अगाडि सारिएको थियो। यसले हरेक प्रदेशमा एक स्मार्टसिटी बन्छ भन्ने हाम्रो सोच थियो..

सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण

४ पौष, काठमाण्डौँ । सरकारले उखुको खरिद मूल्य तोकेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सुचना तथा संञ्चचर मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्।