दमक क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन

२६ फागुन, झापा । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याण कोषको ५५ लाख रुपौँया रकम अपचलन भएको विद्यार्थीले आरोप लगाएका छन् । स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु)ले विज्ञप्ति जारी गर्दै तुरुन्त विद्यार्थी कल्याण कोषको सो रकम ब्यवस्थापन बारे उचित निर्णय लिन ४८ घण्टे अल्टिमेटम प्रसासनलाई दिएको छ । स्ववियू कार्यवाहक सभापति सन्जय राई र सचिव दिपक मादेनको हस्ताक्षर रहेको विज्ञप्तिमा विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट संकलन भएको रकम दुरुपयोग भएको बताईएको छ ।..

आयोजकलाई हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको फाइनलमा

२६ फागुन, बिर्तामोड । ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा आयोजक झापा ११ लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले हराउँदै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका चर्च ब्वाइजका गोलरक्षक दिप कार्की म्यान अफ दि म्याच भए..

देशको अवस्था परिवर्तन भएन भन्ने कुरामा सत्यता छैन्ः केपी शर्मा ओली

२६ फागुन, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन् । मोतीदेवी स्मृति केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो..

एपिएफ फुटबल क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश

२६ फागुन, बिर्तामोड । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा..

शिवसताक्षीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

२६ फागुन, झापा । झापाको धरमपुरमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ११ का २२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा शुक्रबार साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर..

उपनिर्वाचनको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय इलाम

२४ फागुन, इलाम । जिल्ला निर्वाचन कार्यालय इलाम आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको छ । बुधबार जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार एवम् सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरी इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रमका सरोकारवालाहरुले निष्पक्ष र धाँदलीरहित निर्वाचनमा प्रतिवद्धता जनाएका छन् । निर्वाचनको निश्पक्षतामाथि प्रश्न नउठ्ने गरी काम गर्न निर्वाचन कार्यालयलाई सरोकारवालाहरुले सुझाएका..

डिफेन्डिङ च्याम्पियन आर्मी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा

२४ फागुन, बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन्..

रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै

२३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने पार्टीका एक नेताले बताए । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल..

रास्वपालाई गृहसहित ४ मन्त्रालय दिने निर्णय

  २३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो । बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने संभावना छ । अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ । रास्वपाले विगतको निरन्तरता, परिणाम निकाल्न सक्ने र समावेशी ढंगले मन्त्री चयन गर्ने प्राम्भिक मापदण्ड बनाएको छ ।

एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा चर्च ब्वाईज युनाइटेड

२३ फागुन, बिर्तामोड । न्युरोड टिम एनआरटी झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कप फुबललको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । चर्च ब्वाईज भने एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडी अवयोमी फकुन्लेबाट सम्भव भयो । उनले खेलको ३६ औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा..