मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचनः सात प्रदेशमा ५२ जनाको उम्मेदवारी दर्ता
२३ पौष, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज सातै प्रदेशमा मनोनयन दर्ता भएको छ । विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको समयमा सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सो अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।..

बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्छः प्रधानमन्त्री प्रचण्ड
२३ पौष, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । आज सोमबार दिउँसो सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले अख्तियार, संसदीय समितिको समेत निर्देशनलाई मनन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउँदै महान्यायधिवक्ताको कार्यालयको राय लिएर निष्कर्षमा पुग्नुपर्ने बताए । ‘संसदीय समिति र अख्तियारको निर्देशन पनि..

जंगली हात्तीको हुल चुरे पहाडतर्फ उक्लिन थाल्यो, स्थानिय त्रसित
२३ पौष, झापा । पूर्वी तराईका मोरङ, सुनसरी र झापाका फाँटमा दुई महिनादेखि बिज्याइँ गर्दै आएका दुई दर्जन बढी जंगली हात्ती चुरे पहाडतर्फ उक्लिन थालेका छन् । मोरङको मिक्लाजुङ–२ र इलामको सीमाक्षेत्र कुईनेटार चुरे पहाड हुँदै झण्डै एक दर्जन जंगली हात्तीको हुल शनिबार कुईनेटारदेखि नौ किलोमिटर माथि इलामको गौथली भीरको फेदीसम्म पुग्दा स्थानीय चकित र आतंकित बनेका थिए । ‘पहाडमा हात्ती नै देखिँदैन थियो । लामा-लामा दाह्रा भएका नौ वटा हात्ती गाउँमा..

राष्ट्रियसभा निर्वाचनः सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने
१८ पौष, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट भागबन्डाको विषयलाई लिएर सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने भएको छ । तीन बजे सत्ता गठबन्धनको बैठक बसे लगत्तै एमालेसँग छलफल गर्न लागिएको हो । ५ बजेका लागि एमालेसहितको बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘एमालेलाई पनि केही सीट दिएर जाने कि भन्ने गठबन्धनमा कुरा भएको छ । त्यही अनुसार आज बैठक बोलाइएको छ।’ उनले एमालेलाई कति..

पहिचानको मुद्दाले कोशीमा मानव अधिकार हननका घटना बढेको इन्सेकको प्रतिवेदन
१८ पौष, काठमाडौं । सन् २०२३ मा मानव अधिकार हननसम्बन्धी घटना संख्यात्मक रुपमा बढेको मानव अधिकारवादी संस्था (इन्सेक) ले जनाएको छ । ‘मानव अधिकार वर्ष, २०२३’ को समीक्षा गर्दै (इन्सेक)ले गएको वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको जानकारी दिएको हो । हिजो ताप्लेजुङमा समीक्षा कार्यक्रमको आयोजना गरेर इन्सेकले मानव अधिकारको अवस्थाबारे विश्लेषण गरेको थियो । सो क्रममा इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीले प्रतिवेदनसमेत सार्वजनिक गरेकी थिइन् । प्रतिवेदनमा सन्..

अदालतको आदेशबारे ईपीएस कोरियाको जवाफ आएन
१७ पौष, काठमाण्डौँ । सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएकाहरूलाई आवेदनमा सहभागी गराउन अदालतले आदेश दियो । गत शुक्रबार उच्च अदालत पाटनले निवेदनकर्ता र इच्छुक सबैलाई आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो । सोही आधारमा ईपीएस कोरिया शाखाले सूचना समेत जारी गरेर आजदेखि फारम भर्नका लागि आह्वान गरेको छ । तर, अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया एचआरडी सर्भिस अफ कोरियाबाट..

सामान्य प्रशासनमन्त्री शाहले सुरु गरिन पुलिस क्लबभित्रै अनसन
१६ पौष, काठमाण्डौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह महेन्द्र पुलिस क्लबभित्रै अनसन बसेकी छन् । उनले धोतीलाई राष्ट्रिय पोशाकको मान्यता र आज बिहान र्यालीको क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने माग राख्दै अनसन थालेको बताइएको छ ।राष्ट्रिय धोती दिवसका अवसरमा बिहान जनमत पार्टीले र्याली निकाल्दै निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न लाग्दा मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता..

पहिचानवादीद्धारा मेची राजमार्ग बन्दको घोषणाः बुलेटको रिहाई र पाथिभरामा केबलकार बनाउने निर्णयको विरोध
१६ पौष, इलाम । कोशी प्रदेश नामाङ्कनविरुद्ध लामो समयदेखि आन्दोलनरत पहिचानवादी समूहले मेची राजमार्ग बन्दको घोषणा गरेको छ । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बुलेट किराती भनिने अन्जेश राईको रिहाईको माग गर्दै पुस १८ र १९ गते राजमार्ग बन्दको आह्वान गरेको हो । समितिले मंसिर ३० र पुस १ गते आह्वान गरेको आन्दोलनको क्रममा इलामको रोङ गाउँपालिका–४, किटनीस्थित पराल बोकेको गाडीमा आगजनी गरिएको थियो । आगजनी गरेको..

राज्य व्यवस्था समितीको बैठकमा गृहमन्त्री श्रेष्ठको राजिनामा माग
१६ पौष, काठमाण्डौँ । राज्य व्यवस्था समितीको बैठकमा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरिएको छ । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्। छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । घटनाको छानबिनका लागि समिति पनि बनेको र तलका मान्छेलाई कारबाही पनि गरिसकेकाले अब गृहमन्त्रीले राजिनामा दिदा राम्रो हुने उनले बताए । विदेश गएर काम गरेर खान्छु..

बालकुमारी घटनालाई लिएर वीरेन्द्रनगरमा झनै चर्कियो आन्दोलन
१५ पुष, सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर आइतबार वीरेन्द्रनगरमा पुनः आन्दोलन चर्किएको छ । ‘युवा विद्रोही’ समूहले आइबार सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडकमा चक्काजाम गरेका छन् । रत्न राजमार्ग अन्तर्गत एरिचोक-मंगलगढी चोकको अवस्था अहिले तनावग्रस्त छ । त्यहाँ कुनैपनि सवारी साधनहरू चलिरहेका छैनन् ।यही ठाउँमा शनिबार पनि आन्दोलन गरिएको थियो । शनिबार..