मुख्य समाचार
महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा, च्यासल रंगशालमा महिला युथ एकेडेमी स्थापना गर्ने
२२ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ । एन्फा महासचिव..
छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा एपिएफ एफसी
२२ फागुन, बिर्तामोड । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने..
दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा भाटभटेनी
२२ फागुन, दमक । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठुलो चेन सुपर स्टोर भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । यो स्टोर झापाकै बिर्तामोडपछिको दोस्रो हो । झापाको व्यापारिक शहर दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको छ । स्टोर सञ्चालनको तयारीसँगै यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक..
‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ’- प्रधानमन्त्री प्रचण्ड
२१ फागुन, काठमाडौं । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’ माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले..
राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने ओलीको दाबी
२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताएका छन् । पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको..
भत्त्कियो सत्ता गठबन्धन, एमालेसहितको नयाँ सरकार बन्दै
२१ फागुन, काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने..
आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै, एपिएफ एफसी र बागमति क्लबबीच प्रतिस्पर्धा
२१ फागुन, बिर्तामोड । छैटौँ झापा गोल्ड कपमा आज पहिलो क्वार्टर फाइनल खेल हुँदैछ । सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच आज दिँउसो २ बजेपछि बिर्तामोडको डोमालाल रंगशालामा हुँदैछ । बिजेता टालीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको..
चर्च ब्वाइज युनाइटेड छैटौँ झापा गोल्ड कपको क्वार्टरफाइनलमा
२१ फागुन, बिर्तामोड । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो ।..
सँगै रक्सी खाएर साथीकी श्रीमतीलाई ‘प्राङ्क कल,’ दुर्व्यवहार गरेको भन्दै हत्या
२० फागुन, भक्तपुर । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिएका गोपाल ढकालको हत्या आरोपी सार्वजनिक गरेको छ । तेह्रथुम छथर गाउँपालिका –२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित कोठाबाट तेल किन्न निस्किएका ढकालको हत्या भएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले ढकालको हत्यामा संलग्न भएको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका ६ का सन्तोष सुवाल काभ्रेको सिपाघाटबाट पक्राउ परेका हुन् । उनी पेशाले मोटरसाइकल मिस्त्री मेकानिक हुन् ।..
सालिनको बलात्कार पुष्टि भएन, मृत्युको कारण ‘ह्याङ्गिङ’
२० फागुन, काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई बलात्कार गरेको शव परीक्षणबाट देखिएको छैन । पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, बलात्कार पुष्टि भएन ।’ १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । कक्षा ८..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७