शिक्षामन्त्री राई मौनः अस्तव्यस्त शिक्षा प्रणाली

७ माघ, काठमाण्डौँ । पदबहाली गरेको ९ महिना बिते पनि सार्वजनिक शिक्षादेखि उच्च शिक्षा सुधारका विषयमा शिक्षामन्त्री अशोककुमार राई मौन छन । पदभार ग्रहण गरेको केही सातामा शिक्षामन्त्रीले सञ्चारकर्मीलाई आफू अझै मन्त्रालय बुझ्ने क्रममै रहेको बताएका थिए । त्यसयता उनी शिक्षा सुदृढीकरणदेखि शैक्षिक सबालमा कतै देखा परेका छैनन । औपचारिक कार्यक्रममा पनि कमै सहभागी हुन्छन । मंसिरयता त कानको शल्यक्रिया गरेर धेरै समय आराममा बिताउँदै आएका छन । मंसिर अघिपछि पनि अधिकांश कार्यक्रममा राज्यमन्त्री प्रमिला..

दशगजा मिचेर बनाईएका साढे ५ सय संरचना सशस्त्र प्रहरीले हटायो

६ माघ, काठमाण्डौँ । नेपाल र भारत तर्फको अन्तर्राष्ट्रिय सीमा क्षेत्र (दशगजा) मिचेर निर्माण गरिएका साढे ५ सयभन्दा बढी भौतिक संरचना सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ । करिव १ वर्षको अवधिमा विभिन्न जिल्लाका ३८ स्थानमा बनाइएका ५ सय ५६ घर, टहरालगायत भौतिक संरचना सशस्त्र प्रहरीले हटाएको हो । यस्ता अनधिकृत संरचना भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र केही ठाउँमा नेपाली पक्षले निर्माण गरेको भेटिएको छ । भारतसँग नेपालको करिब १..

सशस्त्र प्रहरीमा इन्स्पेक्टरबाट डीएसपी बढुवा हुन विपद् व्यवस्थापनमा डिप्लोमा गरेको हुनु पर्ने

६ माघ, काठमाण्डौँ । सशस्त्र प्रहरी बलमा अब प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुन सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययनमा अधिस्नातक डिप्लो (पोस्ट ग्राजुएट डिप्लोमा)मा गर्नुपर्ने भएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने, ‘इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन पोष्ट ग्राजुएट डिप्लोमा इन सेक्यूरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ ।’ यसअघि सशस्त्र प्रहरीमा..

बजेट अभावले पूर्व–पश्चिम रेलमार्गको काममा ढिलाई

४ माघ, काठमाण्डौँ । राष्ट्रिय गौरवको आयोजनामध्येको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काममा ढिलासुस्ती देखिएको छ । बजेट थोरै हुँदा आयोजनाको निर्माण कार्यले गति लिन नसकेको सरोकारवाला निकायले जनाएको छ । सुरुको खण्ड बर्दिवास–निजगढ (७० किमी) को ट्रयाकवेड तथा सो खण्डमा पर्ने १५ वटा रेल पुल निर्माणको कार्य भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार आचार्यले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ६५ किलो मिटर ट्रयाकवेड र १३ वटा..

पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन ओलीको निर्देशन

४ माघ, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । आज बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । ‘‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उनले..

पूर्वी तराईमा चिसोका कारण जनजिवन प्रभावित

२९ पौष, विराटनगर । पूर्वी तराईमा तीन दिन यतादेखि चिसो बढ्न थालेपछि जनजिवन प्रभावित बन्न थालेको छ । विहानैदेखि हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेको कारण जनजिवन प्रभावित बन्न थाले हो । चिसोका कारण बजार क्षेत्रमा मानिसहरुको चहलपहलमा समेत कमी आउन थालेको छ । घाम नलाग्ने, शित लहरसंगै चिसो हावा चलेर जाडो बढ्न थालेपछि मानिसहरुका घर बाहिर समेत काम विशेषले मात्र निस्कन थालेका छन् । जाडो बढेसँगै सुनसरीको सामुदायिक..

ओलीको मति अझै सुध्रिएको छैन रहेछः माधव नेपाल

२५ पौष, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने तर्क गरे । उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको..

रामबहादुर बम्जनलाई प्राइभेट गाडीमा लैजाने भन्दै पूर्वराज्यमन्त्री सीआईबी कार्यालयमा

२५ पौष, काठमाण्डौँ । मंगलबार पक्राउ परेका तपस्बी रामबहादुर बम्जनलाई आफूहरूले प्राइभेट गाडीमा लैजाने भन्दै पूर्वभूमिसुधार राज्यमन्त्री यशोदाकुमारी लामा महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी छन् । रामबहादुर आफूहरूको ‘भगवान’ रहेको भन्दै हतकडी नलाउनसमेत उनले प्रहरी अधिकारीसँग माग गरेकी छन् । तर, सीआईबीका अधिकारीले त्यसरी जिम्मा दिन नमिल्ने भन्दै अदालतमा म्याद थपलगायत आवश्यक कारबाहीका लागि प्रहरीले नै लैजाने जवाफ दिएका छन् । सीआईबी प्रवक्ता नवराज अधिकारीले बम्जनमाथिको मुद्दा र पक्राउबारे विस्तृत जानकारी..

रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाही लाने तयारी

२५ पौष, काठमाण्डौँ । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक उच्च अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी छ । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको भन्दै उनकी आमा सुम्नीले २०७५ सालको १८ पुसमा..

कोशी प्रदेशसभाको सभामुख निर्वाचन दिउँसो ३ बजे गर्ने निर्णय

२४ पौष, विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ । सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई..