च्याम्पियन्स लिगको क्वार्टरफाइनल ड्रः सिटीको भेट १४ पटकको विजेता रियलसँग

३ चैत । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको ड्र सार्वजनीक गरिएको छ । शुक्रबार सार्वजनीक ड्र अनुसार स्पेनिस जायन्ट रियल मड्रिड र इङ्ल्याण्डको म्यानचेस्टर सिटी अन्तिम ८ मै भिड्ने भएका छन् । सिटीको भेट च्याम्पियन्स लिगको १४ पटकको विजेता रियलसँग क्वार्टरफाइनमै जुरेको हो । ड्र अनुसार इङ्लिस क्लब आर्सनलले जर्मन महारथी बायर्न म्युनिखलाई प्रतिद्धन्दीको रुपमा पाएको छ । अर्काे स्पेनिस क्लब एट्लेटिको मड्रिडले जर्मन बोरुसिया डर्टमण्डको चुनौती पार गर्नुपर्ने भएको छ..

इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्रलाई पर्यटकीय हव बनाइने

३ चैत, पाँचथर । लोपन्मुख वन्यजन्तु तथा जडिबुट्टि पाइने सुकेपोखरी लोहाकील क्षेत्र बिगत १५ बर्षदेखि सुर्याेदय स्थल, गुराँस क्षेत्र र हिउ खेल्ने प्रमुख क्षेत्र भएको छ । मौसम अनुसार त्यहाँबाट हिमाल, अन्य पहाडहरु तथा तराईका मनमोहक दृश्यवालोकन गर्न सकिने थलोको रुपमा परिचित भएको छ । इलाम र पाँचथर जिल्लाको सिमानामा पर्ने सुकेपोखरी लोहाकील क्षेत्र पर्यटकीय हव बनाउन लागिएको हो । इलाम नगरपालिका ३ नम्बर वडा र पाँचथर जिल्लाको फिदिम नगरपालिका..

इलाम २ उपनिर्वाचनः पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाउने

३ चैत, इलाम । वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको..

कांग्रेसले लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा गृहमन्त्री रवि

३ चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताएका छन् । शुक्रबार सहकारी ठगीमा मुछिएको आरोप लगाउँदै कांग्रेस सांसदले सदनमा अवरोध गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सदनमा मौका पाउनेबित्तिकै आफूमाथि उठाइएको प्रश्नसहित ‘कांग्रेसलाई नौ मिनेट १८ सकेन्ड पढाउने इच्छा’ रहेको बताए । उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनका पक्षमा काम गर्दै..

फिफा वरियतामा नेपाली महिला फुटबल टिमको पाँच स्थान सुधार

३ चैत । फिफा वरियतामा नेपाली महिला टिमले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरियताअनुसार नेपाल पाँच स्थान सुधार गर्दै शीर्ष १०० भित्र प्रवेश गरेको हो । नयाँ वरियताअनुसार नेपाल १००औँ स्थानमा छ । नेपाली महिला टिमले गत फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा जोर्डनसँग पेनाल्टीमा पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो । दक्षिण..

माओवादी केन्द्र र नेपाल समाजवादीबीच पार्टी एकता गर्ने सहमति

३ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ । माआवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको अध्यक्षतामा बसेको बैठकले एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ । पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी..

दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन

३ चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलबाहेकका गतिविधि गर्न नदिन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ । परिषद्लाई दशरथ रंगशालाको मर्मत नहुँदासम्म र रंगशाला सञ्चालनसम्बन्धी मापदण्डसहितको कार्यविधि जारी नहुँदासम्म खेलबाहेक अन्य गतिविधि स्थगित गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपालमा हुने तय भएको नेपाल र बहराइनबीचको खेल गुणस्तरीय मैदानको अभावमा हुन नसकेको विषयमा दुःख व्यक्त गरेको छ । फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीच..

स्मार्ट सहकारी युगको सुरुवात भएको पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाको भनाई

१ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकाले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतीय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै उनले बढ्दो सूचना प्रविधिको विकासले बैंकको शाखा र नोटको कारोबारको पनि कम हुँदै गएकाले सहकारीहरु पनि अब तयारीमा लाग्नुपर्ने उनले जोड दिए । जसले नोट बोक्छ, उसले सँगै जोखिम पनि बोक्ने..

सुहाङलाई एमाले कानून विभागको जिम्मेवारी दिइएपछि असन्तुष्टि

१ चैत, इलाम । केन्द्रमा सत्ता समीकरण फेरिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धन बनेको छ । यही पृष्ठभूमिमा आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उप–निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने भन्ने कुराले चर्चा पाएको छ । अहिले नयाँ गठबन्धनका दलले उप–निर्वाचनमा साझा उम्मेदवार बनाउने वा बेग्ला–बेग्लै उम्मेदवार दिने भन्ने निर्णय गरिसकेका छैनन् ।..

शिवसताक्षीमा नगर विकासको साझेदार बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

१ चैत, शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । शिवसताक्षी नगरपालिकाले चालु आवमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गराइएका विकासका कामहरु गुणस्तरीय र तोकिएको समयमा सम्पन्न हुन थालेपछि कार्यक्रम प्रभावकारी देखिएको हो । जिल्लाका १५ वटा स्थानीय तहमध्ये शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । नगरका कुल ११ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भइरहेको..