छुरा प्रहारबाट गम्भिर घाइते भएका बिर्तामोडका मुर्मुको सफल उपचार

२४ चैत । चैत १३ गते बेलुकी बिर्तामोडको पश्चिमबस स्टेण्डमा भएको छुरा प्रहारको घटनामा गम्भिर घाइते भएका बिर्तामोड ३ का २३ वर्षीय सुनिल मुर्मु भनिने सुनिराम मुर्मुको बिर्तामोडको स्पाइन एक्स अस्पतालमा सफल उपचार भएको छ । बिर्तामोड ३ मा सञ्चालित स्पाइन सुपर स्पेसलिटी हस्पिटल ट्रमा सेन्टरले मुर्मुको सफल उपचार गरेको जनाएको छ । गत चैत १३ गते बिर्तामोड १ स्थित पश्चिम बस स्ट्याण्डमा साँझ छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका..

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

२१ चैत ।  नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी  वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टहेड वक्सहरु हस्तान्तरण गर्नुभयाे । सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक समाजको पनि रहने बताउँदै मेडिकल कलेज नेपाल प्रहरीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयाे । दुर्घटना भइहाले..

बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण

२१ चैत, झापा । झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, सरोकारवाला लगायतलाई अभिमुखिकरण तथा सक्रिय खोजपडताल परिक्षण कार्यक्रम अघि बढाएको छ । बुधबार वडा नम्बर ५ को वडा कार्यालयमा वडाअध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार..

बिर्तामोड नगरका २ हजार परिवारको निःशुल्क स्वास्थ्य वीमा

१९ चैत, झापा । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिनुभयो । पहिलो चरणमा हरेक वडाबाट १–१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १–१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १ हजार..

दिल्लीमा डा.आरजुको शल्यक्रिया सम्पन्न

१५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको हाइपर प्याराताइरोइडइजमको शल्यक्रिया सम्पन्न भएको छ । आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् । उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ । शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सको सल्लाह दिएको नेतृ देउवाका स्वकीय सचिव कमल रावलले जनाएका छन् ।

बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ पुग्यो

१५ चैत, झापा । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोजपड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासंग अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराईएको हो । स्वास्थ्य कार्यालय झापाका निमिक्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको संख्या १ सय..

 नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

१० चैत । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो..

चकित्सकले बिरामीको आन्द्रा भित्रबाट निकाले माछाको काँडा

४ चैत, बिर्तामोड । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्रा भित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट माछाको करिब ४ सेन्टिमटरको काँडा शल्यक्रिया गरी निकालेको हो । सहनी बिहीबार घरमा माछा पकाएर खाएका थिए । शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक..

नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन

३ चैत, काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ । शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, स्याहार कसरी गर्ने भन्ने सचेतना दिइएको हो । कलेजको सामुदायिक तथा सार्वजनिक स्वास्थ्य..

नवोदय सहकारी संस्था शिबगन्ज सेवा केन्द्रद्वरा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

१ चैत, शिबगञ्ज । झापाको कमल–३ केर्खामा मूख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्जस्थित सेवा केन्द्रद्धारा वुधबार एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगले नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले शिबगन्जमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो । नवोदय बहुउद्देश्यीय सहकारी सस्थाको शिबगञ्ज सेवा केन्द्रका संयोजक सन्तोष कुमार ईजमका अनुसार संस्थाको वार्षिक कार्यक्रम सञ्चालन गर्ने विभिन्न सामाजिक गतिविधी अन्तर्गत शिवगञ्ज सेवाकेन्द्रका सदस्यलाई लक्षित गरेर..