बिर्तामोडकाे आरआर पोलिक्लिनिकमा मानसिक रोगीका लागि आजदेखि निःशुल्क स्वास्थ्य शिविर

१ चैत, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित आरआर पोलिक्लिनिकले मानसिक रोगीका लागि आजदेखि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । पोलिक्लिनिकले बुधवार बिर्तामोडस्थित पोलिक्लिनिकमा पत्रकार सम्मेलन गरेर शिविर आयोजनाका बारेमा जानकारी दिएको थियो । पछिल्लो समय मानसिक रोगीको संख्या बढ्दै गएकाले आरआर पोलिक्लिनिकले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको पोलिक्लिनिक सञ्चालक महेन्द्रबहादुर राईले जानकारी दिए । उनका अनुसार झापासहित इलाम, पाँचथर र ताप्लेजुङका मानसिक बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना..

मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुन्छ: अध्यक्ष ओली

१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुने बताएका छन् । बिहिबार विश्व मिर्गौला दिवसका अवसरमा आफ्नो सामाजीक सञ्जालमार्फत अध्यक्ष ओलीले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका हुन् । उनले लेखेका छन्,‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु’, । ‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ ‘प्रत्यारोपण गर्नु धेरै..

४१३ पालिकामा सकियो दादुरा-रुबेला खोप अभियान

२९ फागुन । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ। हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन्। शाखा प्रमुख..

अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

२७ फागुन, चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए । डा. ज्ञवालीका अनुसार उनलाई एक प्रकारको..

नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश, नयाँ सेवा थप गरिने

२६ फागुन, काठमाडौं । नेपाल मेडिकल कलेज २८ औं वर्षमा प्रवेश गरेको छ । कलेजले आज उक्त अवसरमा झण्डोत्तलन सँगै वार्डमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेको छ । कलेज २०५२ सालमा स्थापना भएको हो । स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सञ्चालकहरुले कलेजको शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा नविनतम कार्यहरु गर्ने बताएका छन् । नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको विकास, विस्तारमा कलेजले महत्वपूर्ण योगदान दिएको चर्चा..

२० लाख बालबालिकाले लगाए दादुराको खोप

२४ फागुन, काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट बुझाएका छैनन् । ‘रिपोर्ट पठाएका..

दमकका श्रीनयले आफ्नो पहिलो जन्मदिनमा पाए जीवन बिमा उपहार

२४ फागुन, दमक । दमक–९ का श्रीनय सेडाईले आफ्नो पहिलो जन्मदिनमा बिमा उपहार पाएका छन् । दिपेश सेडाई र श्रीमती लक्ष्मी पौडेल सेडाईले छोरालाई पोलिसी उपहार दिएको हो । छोराको पहिलो जन्मदिनमा ५ लाखको बाल किरण बिमा पोलिसि उपहार दिएर एक पुन्यको काम गरेको श्रीनयका बुबा दिपेश बताउछन् । उनले आइएमईलाइफ इन्स्योरेन्स कम्पनिमा बिमा गरी आफ्नो र आफ्नो बच्चाको भविष्य सुरक्षित गर्न पाउदा एकदमै खुशि लागेको बताए । बिमा पोलिसि..

 इलाममा फागुन २७ देखि चैत २ गतेसम्म दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने

  २० फागुन, इलाम ।  इलाममा आगामी फागुन २७ देखि चैत २ गतेसम्म दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन आयोजना गरी खोप अभियान सञ्चालनको तयारी थालिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । इलाममा नौ महिनादेखि ५ वर्ष मुनिका १७ हजास सात सय २२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय इलामका कार्यालय प्रमुख आदित्य शाक्यले जानकारी दिए । खोप अभियानका लागि ९३ स्वास्थ्य संस्थामा..

झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने

१६ फागुन, बिर्तामोड । देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभूमूखिकरण गोष्ठी आयोजना गर्दै स्वास्थ्य कार्यालय झापाले फागुन १७ देखि खोप अभियान सञ्चालन गर्ने बताएको हो । कार्यालयले बिर्तामोड–२ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा मंगलबार झापाका सञ्चारकमीसँग दादुरा रुबेला खोप अभियान अन्तर्गत अभिमूखिकरण गोष्ठी आयोजना गरेको थियो । झापामा यो वर्ष ५ बर्ष..

गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत

१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताएका छन् । मन्त्रालयमास्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताए । मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताए । उनले भने,..