कर्मचारीमाथि अनुगमन गरी कारबाही प्रक्रियाअघि बढाउने स्वास्थ्यमन्त्री यादवको चेतावनी

कर्मचारीमाथि अनुगमन गरी कारबाही प्रक्रियाअघि बढाउने स्वास्थ्यमन्त्री यादवको चेतावनी

२८ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले केही दिनभित्र स्वास्थ्यका कर्मचारीमाथि अनुगमन गरी कारबाही प्रक्रियाअघि बढाउने चेतावनी दिएका छन् ।

सोमबार संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा बोल्दै यादवले सरकारी अस्पतालहरूले नागरिकलाई सेवा दिन ठगिरहेको भन्दै चेतावनी दिएका हुन् ।

केही दिनभित्रै धेरैजनालाई रंगेहात पक्रिएर अख्तियार पठाइन्छ, धेरैजना सस्पेन्ड हुन्छन्, हेर्दै जानुहोला, मन्त्री यादवले भने । त्यसका निम्ति आफू रातको समयमा पनि अनुगमनमा निस्कने उनको दाबी छ ।

सरकारले निःशुल्क प्रदान गर्न छुट्याएका सेवामा समेत अस्पताल व्यवस्थापनले शुल्क लिइरहेको र अन्य सुविधामा ठगेको उनको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर