समाज

सूर्याेदयको प्रत्येक वडाका बाह्र महिना चल्ने सडकलाई कालोपत्रे गरिदैँ
२४ कार्तिक, इलाम । इलामको सूर्याेदय नगरपालिकाले अन्तरवडा जोड्न निर्माण गरेको अलवेदर (बाह्रमासे) सडकलाई कालोपत्रे गर्न सुरु गरेको छ । नगरपालिकाले २८ वर्षे नगर सडक गुरू योजना अन्तरगत एक वडा एक बाह्र महिने सडकलाई कालोपत्रे सडकमा रूपान्तरण गर्दै लैजाने योजनासहित वडा नं. ९ मा कालोपत्रे सडकको उद्घाटन भएको छ । वडा नं. ९ को बरबोटे गैरीगाउँ कजेनी अरुणोदय मार्ग कालोपत्रे सम्पन्न गरी नगरपालिकाले बिहीबार उद्घाटन् गर्दै टोलविकास संस्थालाई हस्तान्तरण गरेको..

अवलोकन भ्रमणमा आएका ३ वटा बस धरानमा दुर्घटना, २१ जना घाईते
२४ कार्तिक, काठमाण्डौँ । अवलोकन भ्रमणमा आएका ३ वटा बस धरान १३ अमरहाटमा दुर्घटना भएको छ । स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएको बस दुर्घटना भएको हो । दुर्घटनामा परेर २१ जना सामान्य घाईते भएका छन् । नवलपुरको विद्यार्थी बोकेको बस ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दी १५८३ नम्बरको बसलाई ठक्कर दिएको थियो..

विवाद्वीत उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा
२४ कार्तिक, काठमाण्डौँ । रथी बढुवा सिफारिसमा विवादमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उमेर कीर्ते प्रकरणमा जंगी अड्डाले छानवीन समिति गठन गरेपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएर हिँडेको स्रोतले जनाएको छ । प्रधान सेनापति प्रभुराम शर्मा पाण्डेलाई नै रथीमा बढुवा गर्ने पक्षमा उभिए पनि बलाध्यक्ष रथी सीताराम खड्काले बढुवा समितिमा असहमति जनाएका थिए । उमेर कीर्तेका प्रमाणहरु नै बाहिर आइसकेको अवस्थामा व्यक्तिभन्दा संस्था जोगाउनु मुख्य विषय भएको..

रेमिट्यान्स आप्रवाहमा कीर्तिमानः एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड भित्रियो
२४ कार्तिक, काठमाण्डौँ । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । असोज महिनामा मात्र १ खर्ब ३६..

सामाजिक सञ्जाल संचालन निर्देशिका २०८० पारितः सञ्जालमा गर्न नहुने १९ कृयाकलाप हेर्नुहोस्
२३ कार्तिक, काठमाण्डौँ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक संजालहरू फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो । सरकारले जारी गरेको सामाजिक सञ्जाल संचालन निर्देशिका अनुसार सामाजिक सञ्जाल प्रयोगका क्रममा गर्न नमिल्ने क्रियाकलाप १९ बुँदामा छन्ः १. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न, २. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी)..

धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन
२३ कार्तिक, सुनसरी । सुनसरीको धरान उपमहानरपालिकामा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरिएको हो । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । स्थानीय स्तरमा धरान उपमहानरपालिकाले सरकारलाई सो भेगमा विमानस्थल..

तिहारपछि १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने मन्त्री किरातीको भनाई
२३ कार्तिक, काठमाण्डौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिहारपछि थप १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गरिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तिहारपछि ठूला–साना गरी थप १० वटा जहाज खरिद प्रक्रिया अघि बढाइने जानकारी दिए । ‘अहिले साना ३ वटा जहाज खरिदका लागि टेन्डर भइसकेको छ । वायुसेवा निगमसँग भएको ३ वटा र नयाँ ३ जहाजले २२ वटा आन्तरिक विमानस्थलमा उडान गरिनेछ’..

माङसेबुङको चकमके सामुदायिक वनको नयाँ उपभोक्ता समिती गठन, अध्यक्षमा सजन राई
२२ कार्तिक, काठमाण्डौँ । इलामको माङसेबुङ ३ स्थित चकमके सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सजन राई सर्वसम्मत चयन भएका छन् । लाक्तापा टोलमा माङसेबुङ ३ का वडा अध्यक्ष लछुमन राई सहित बसेको भेलाले राईलाई अध्यक्ष अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा रिता कुमारी राई, सचिवमा शुरेस राई, सह–सचिवमा मिमाहाङ राई र कोषाध्यक्षमा संगिता राई चयन भएका छन् । सदस्यहरुमा हरी कुमार राई, कमला राई, कबिता राई, कुशचन्द्र राई, अप्सरा..

आउदो मंसिर १४ देखी एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्ने
२२ कार्तिक, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको..

भूकम्प पीडितका लागि चीनले ४० करोडको राहत सामाग्री नेपाललाई बुझायो
२२ कार्तिक, काठमाण्डौँ । चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई बुझाएको छ । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् । चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामाग्री उपप्रधानमन्त्री श्रेष्ठले बुझेका छन् । राहत समाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ..