समाज

उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने
२२ कार्तिक, काठमाण्डौँ । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने बताएको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत मेनले दूतावास बन्द गर्ने निर्णय सुनाएका हुन् । राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । उनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक..

भूकम्प अपडेटः १७ हजार सात सय ९२ घर पूर्ण क्षति, सबैभन्दा धेरै क्षति रुकुम पश्चिममा
२१ कार्तिक, काठमाण्डौँ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ । पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा परी तीन सय ६४ जना घाईते भएका छन् । मृत्यु हुने एक सय ५३ जनामध्ये एक सय एक जना जाजरकोटका र ५२ जना रुकुम पश्चिमका रहेको छन् । त्यसैगरी, घाईते हुने तीन सय ६४ जनामध्ये एक सय ४५ जना जाजरकोटका रहेका छन् । रुकुम पश्चिममा दुई..

एसका अध्यक्ष नेपाल १३ सदस्य टोलीसहित आज चीन भ्रमणमा जाँदै
२१ कार्तिक, काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज चीन भ्रमणमा जाँदै छन् । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहितको टोली चीन भ्रमणमा जान लागेका हुन् । दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए । १४ सदस्यीय जम्बो टोलीका साथ अध्यक्ष नेपाल आज चीन जान लागेका हुन्। टोली साँझ ५ बजे चीन जान लागेको छ..

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक
२१ कार्तिक, कामाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनस्र्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे..

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई नेकपा एसले दियो २५ लाख सहयोग
२१ कार्तिक, कामाण्डौँ । जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई राहत जुट्ने क्रम जारी छ । राजनीतिक दलहरूले पनि घोषणा बमोजिम रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिरहेका छन् । यसैक्रममा आज बिहान नेकपा (एकीकृत समाजवादी)ले पनि सहयोग रकम हस्तान्तरण गरेको छ । पार्टीले घोषणा गरे बमोजिमको २५ लाखको चेक पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी..

अनेरास्ववियु चुलाचुलीको अध्यक्षमा युनेश न्यौपाने सर्वसम्मत
१८ कार्तिक, इलाम । अनेरास्ववियु चुलाचुली गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट युनेश न्यौपाने अध्यक्षमा निर्वाचित बनेका छन् । चुलाचुली ४ आईतवारे स्थित पाथिभरा सहकारीको हलमा आज सम्पन्न भएको अधिवेशनमा न्यौपाने सहित सम्पुर्ण समिती सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा रोहन फियाक, सचिवमा कुशल भुर्तेल, सहसचिवमा रमा गौतम सहित १५ सदस्य कमिटी सर्वसम्मत बनेका छन् । अनेरास्ववियु केन्द्रिय सदस्य तथा इलाम ईन्चार्ज नितेश राईको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा अनेरास्ववियु इलामका अध्यक्ष..

जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुग्यो
१८ कार्तिक, काठमाण्डौँ । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ । प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ । प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने घाइते संख्या ८१ पुगेको छ । त्यस्तै रुकुम पश्चिममा मृत्यु हुनेको संख्य ३८ जना पुगेको छ भने घाइतेको संख्या ८५ पुगेको छ । शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको..

विश्वकप छनोटका लागि नेपालले आज यूएईको सामना गर्दै
१७ कार्तिक, काठमाण्डौँ । आसन्न टी(२० विश्वकपमा छनोट हुन नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । नेपाल समूह एको उप(विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो। बिहीबार..

रिगल भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ
१६ कार्तिक, काठमाण्डौँ । रिगल डन भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन् । चेतन मानन्धरको हत्या अभियोग पुष्टि भएरपछि उनलाई बाँके जिल्ला अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरुद्ध भारती मानन्धरले सर्वाेच्च अदालतमा रिट निवेदन दिएकी थिईन् । उक्त रिट निवेदनको सुनुवाई गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले उनलाई तत्काल पक्राउ गरी बाँकी कैद भुक्तान..

रिगललाई पक्राउ गर्न सर्वाेच्च अदालतको आदेशः कैद मिनाहा गर्ने सरकारको निर्णय बदर
१६ कार्तिक, काठमाण्डौँ । सर्वाेच्च अदालतले योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न आदेश दिएको छ । सर्वाेच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई..