समाज

इलामको माईमा परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु
२ पौष, इलाम । इलामको माई नगरपालिका–२ रातेखाडीस्थित खेतमा राखिएको परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परालको कुन्यूसगैं जलेर देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षिय दिपक भनेर चिनिने तिलबिक्रम शिवाको मृत्यु भएको हो । गएराति ९.४५ बजेतिर माई– २ रातेखाडी बस्ने ठकबहादुर लिम्बूको घरनजिकै रहेको उनकै परालको कुन्युमा अचानक आगलागी भएको थियो । घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी दानाबारीबाट प्रहरी..

रैथाने धानको संरक्षण गर्न झापाको शिवसताक्षीमा नुनिया धान पकेट क्षेत्र घोषणा
२ पौष, झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । नगरपालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ । शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य..

झापाको दुधेमा प्रदेशकै ठूलो चसोक तङ्नाम सम्पन्न, ५ जना डाक्टर सम्मानीत
१ पौष, झापा । झापाको शिवसताक्षीमा कोशी प्रदेश कै ठूलो चासोक तङ्नाम (न्वागी पर्व) धूमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रूपमा यो पर्व मनाएका हुन् । किराँत लिम्बू समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित चासोक तङ्नाम मनाएका छन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को..

सरकारी दमक अस्पतालमा जटिल विरामीका लागि आइसीयू विस्तार गरिने
२९ मंसिर, झापा । झापाको दमक–१ स्थित सरकारी दमक अस्पतालमा जटिल प्रकृतिका विरामीहरुको उपचारका लागि सघन उपचार कक्ष (आइसीयू) विस्तार गरिने भएको छ । दमक नगरपालिका, दमक अस्पताल र लायन्स क्लव अफ दमक स्टर्नलायन वीच आइसीयू निर्माण सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापासहित अस्पताल, लायन्स अगुवाको हस्ताक्षार छ । दमक अस्पताल र दमकेली लायन्सहरूको संयुक्त सहकार्यमा लायन्स क्लव ईष्टर्न लाईनको प्रस्ताव..

आजका लागि विदेशी मुद्राको विनिमय दर; अधिकांश मुद्राको भाउ घट्यो
काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ..

पत्रकार महासङ्घ झापाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित
२९ मंसिर, झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गिरी एक सय ३१ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिनुभयो । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाउनुभयो । सचिवमा..

झापामा यसवर्ष नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
२९ मंसिर, झापा । झापामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।..

साङ्लोले बाँधेर राखिएका १४ वर्षीय बालकको उपचार सुरु
२८ मंसिर, झापा । अटिजमको समस्याका कारण घरमा साङ्लोले बाँधेर राखिएका झापा अर्जुनधाराका १४ वर्षीय आदित्य दाहालको काठमाडौंमा उपचार सुरु गरिएको छ । झापाबाट उद्दार गरी उनलाई उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पताल लगिएको थियो । चिकित्सकहरुसँग परामर्शपछि आजबाट अस्पतालले उपचार सुरु गरेको उनको उपचारका लागि सहयोगी युवा अर्जुनधारा–५ का कौशल भण्डारीले जानकारी दिनुभयो । भण्डारी हाल काठमाडौंमा नै रहेका छन् । भण्डारीले बालक दाहालको उपचारमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले समन्वय..

झापामा कुकर बम राखेर आतङ्कित पार्ने थप दुईजना पक्राउ
२८ मंसिर, झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतङ्कित पार्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका–७ घर भई हाल जिल्ला तनहुँ ब्यास नगरपालिका–१४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ गाउँपालिका–७ कातिके टोल बस्ने समर्पण भट्टराई उपनाम भएका ३५ वर्षीय दिलीप भट्टराई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा..

स्रोत नखुलेको विदेशी मुद्रासहित एक व्यक्ति पक्राउ
२८ मंसिर, झापा । स्रोत नखुलेको ठूलो मात्रामा अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । बिहीवार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार गौरादह नगरपालिका –५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् । मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरीकन डलर १०० दरका २९७ थान २९,७०० डलर (..